ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका लागि सवै भन्दाबढि खतरा रुस र चीनबाट


एबीसी न्यूज

माघ ६ – अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाको रणनीतिक परिवर्तनमा जोड दिएका छन् । अमेरिकी सेनाको प्राथमिकता अब चरपन्थीसँग लड्नुको साटो रुस र चीन जस्ता प्रतिस्पर्धीको तुलनामा शक्तिशाली बन्न तर्फ हुनुपर्नेमा उनले जोड दिएका हुन।

रक्षा मन्त्री म्याटिसले अमेरिकाको रक्षा नीतिमा ठूलो परिवर्तनको संकेत गर्दै चरमपन्थी भन्दा रुस र चीन अमेरिकाको सुरक्षाका लागि ठूलो खतरा रहेको बताउनुभएको हो । वासिङ्टनमा पत्रकारसँग कुरा गर्दै रक्षामन्त्री म्याटिसले रुस अमेरिकाको लोकतन्त्रका लागि खतराको रुपमा प्रस्तुत हुँदै आएको बताए।

अमेरिका अहिले चुप रहेको र बढ्दै गएको चुनौतीको जवाफ अमेरिकाले दिन सुरुगरेमा त्यसको सामना कसैले गर्न नसक्ने उनले चेतावनी पनि दिए। सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसले दखल दिएको आरोप लागेको छ ।

यस विषयमा विशेष कमिटिले अनुसन्धान पनि गरिरहेको छ । यहि बिचमा म्याटिसले अमेरिकी रक्षा नीतिमा ठूलो परिवर्तनको संकेत गरे । रक्षामन्त्री म्याटिसले सेनाका लागि पर्याप्त बजेट दिनुपर्नेमा जोड दिए। सेनाका लागि केन्द्रीय बजेट कटौती हुन नहुने उनको भनाई छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको प्रस्तावित बजेटमा सेनाको बजेट १० प्रतिशत वृद्धि गर्ने तयारी गरेका छन् । सन् २००१ को सेप्टेम्बर ११ मा ट्वीन टावरमा आक्रमण भएयता अमेरिकाको ध्यान चरपन्थीमा रहँदै आएको छ । तर म्याटिसको भनाईले अब अमेरिकी रक्षा नीति चरमपन्थीबाट विश्वमा सैन्य रुपले बलियो हुँदै गएका रुस र चीनसहितका देश भन्दा बलियो बन्नेमा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com