ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयकबारे राष्ट्रपतिको गम्भीर चासो, खस्कँदो अर्थतन्त्रप्रति चिन्ता


एबीसी / संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे गम्भीर चासो व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा छलफलका क्रममा रहेको नागरिकतासम्वन्धी विधेयकबारे चासो राख्दै राष्ट्रपति भण्डारीले विधेयकबारे अध्ययन गरेर धारणा बनाउने स्पष्ट पार्नुभएको हो ।

संसदबाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने राष्ट्रपतिको भनाइ छ । सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँग मंगलबार भएको भेटका क्रममा केही पत्रकारले नागरिकता विधेयकका कतिपय प्रावधानहरु ठीक नभएकोबारे राष्ट्रपतिको धारणा माग गरेका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले अगाडि भन्नुभयो, ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ। पहिला यहाँ आओस्, त्यसपछि हेर्छु ।’

नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो भएको उनले स्मरण गरिन्। राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन। म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले सपथ खाएका हुन्छौं।’

नागरिकताको विधेयकबारे कुरा गर्दैगर्दा राष्ट्रपतिले विगतमा छोरीलाई अंश दिने कानूनी व्यवस्थाका लागि आफूले लबिङ गरेको स्मरणसमेत गरिन् । छोरीलाई अंश दिने प्रावधानलाई बुज्रुक भनिने केही नेताहरुले नै उल्ट्याउन खोजेको र आफूले त्यसलाई रोकेको उनले सुनाइन्।

त्यसैगरी, राष्ट्रपति भण्डारीले पत्रकारहरुसँगको भेटघाटको सुरुभै देशको आर्थिक अवस्था विकराल बन्दै गएको निश्कर्षसहित आफ्नो चार पृष्ठ लामो लिखित वक्तव्य पढेर सुनाउनुभएको थियो । आफूले कुनै सरकारप्रति लक्षित गरेको नभएर विगत ५० वर्ष यताको हिसाब गर्न चाहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘मैले त ५० वर्षको हिसाब गरौं भनेकी छु। के यो कसैप्रति लक्षित हुन्छ ? अहिलेसम्म क–कसले कति सहयोग लिनुभयो ? कहाँकहाँ लगानी भयो ? उपलब्धि के पायौं ? कतिपय शब्दहरु प्रयोग गर्न मलाई पनि आउँछ तर म प्रयोग गर्दिनँ। देशको अर्थव्यवस्था, आर्थिक प्रणाली बलियो हुनुपर्छ।’

राष्ट्रपतिले भावुक हुँदै भन्नुभयो, ‘अति भयो क्या१ १७ खर्बको बजेट छ, १७ खर्बकै व्यापारघाटा हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com