काठमाडौं । नेपाल प्रहरीले सात जिल्लाका प्रहरी प्रमुख फेरेको छ ।
नेपाल प्रहरीले आज काज सरुवा गरेका ११ जना प्रहरी उपरीक्षक (एसपी)मध्ये सात जिल्ला प्रमुख छन् ।
सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।






