ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा महानगरमा बजेट प्रस्तुत गर्न दिने एमाले सहमति


एबीसी / संवाददाता

काठमाडौँ, १० असार । नेकपा (एमाले) ले पोखरा महानगरपालिकको बजेट प्रस्तुत गर्न दिन सहमत भएको छ । बजेट पुस्तिका च्यातेर नगरसभा अवरुद्ध गरेको एमालेका नगर सदस्यहरूले मेयर धनराज आचार्यसँगको छलफलपछि बजेट प्रस्तुत गर्न दिन सहमत भएका हुन् ।

नगरसभाबाट बजेट पारित हुनुअघि नै बजेटको रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेले विरोध जनाएपछि नगरसभा अवरुद्ध भएको थियो । साढे ४ बजे सुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताब च्यात्दै पारित हुनुअघि नै रातो किताबमा बजेट छापेकोमा आपत्ति जनाउनुभएको थियो । त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनुभयो । उहाँले रातो किताब किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । त्यस्तै, महानगरका मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र बजेटको अन्तिम रातो किताव नभएको भन्दै सभामा जवाफ दिनुभयो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै सभामा नाराबाजी गरेका थिए । उनीहरूले रातो किताब छापेको विषयमा मेयरको जवाफबाट चित्त नबुझेको भन्दै महानगरको सभा गृहबाहिर नाराबाजी गरेका थिए । पोखरा महानगरले करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com