ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साझा यातायातको निःशुल्क यात्रा, ज्येष्ठ नागरिक उत्साही


admin

काठमाडौँ, २८ असार । रामेछापका ७५ वर्षीय दुर्गाप्रसाद घिमिरे थापाथलीबाट जाउलाखेल जाँदा साझा यातायातमा चढ्नुभयो । उहाँले बस भाडा दिँदै गर्दा साझा यातायातले भाडा नै लिएन ।

आफूजस्ता ज्येष्ठ नागरिकका लागि साझा यातायातले पूरै भाडा छुट गरेको छ भन्ने कुरा दुर्गाप्रसादलाई थाहा नै थिएन । “एक दिन म थापाथलीबाट साझा यातायातमा जाउलाखेल जाँदै थिए, तर भाडा दिएको त मलाई नै फिर्ता दियो, त्यसमा ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरेको रहेछ, खुशी लाग्यो”– उहाँले भन्नुभयो ।

विगत चार वर्षदेखि नयाँ बानेश्वरस्थित सडक विभाग नजिकै धर्ना बस्दै आउनुभएका सिन्धुलीका ८२ वर्षीय नारायणप्रसाद पोखरेलले साझा यातायातमा भाडा छुट दिएकोप्रति खुशी व्यक्त गर्नुभयो । पोखरेल नयाँ बानेश्वरबाट जडीबुटी जाँदा साझा यातायातले भाडा लिएन ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा साझा यातायातले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई काठमाडौँ उपत्यकाभित्र निःशुल्क यात्राको व्यवस्था गरेको साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको परिचयपत्र, अपाङ्गता भएका व्यक्ति ९‘क’ र ‘ख’ वर्गमा पर्ने० दृष्टिविहीन ९ह्वाइलचियरको प्रयोग गर्ने० लाई साझा यातायातको झाडामा छुट दिन सुरू गरिएको हो ।

सुन्धारा नजिकै सडकमा गीत गाएर आफ्नो गुजारा चलाउँदै आएका दृष्टिविहीन धीरेन राईले साझाले दृष्टिविहीनलाई भाडा निःशुल्क गरेकोमा खुशी व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यकामा चल्ने अन्य सार्वजनिक यातायातमा गत वर्षदेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट गर्ने व्यवस्था लागू हुँदै आएको छ ।

“ज्येष्ठ नागरिकको हकमा सरकारले केही गरेको छ, तर गर्नुपर्ने अझै धेरै छ, ज्येष्ठ नागरिकका लागि काम गर्ने सरकारलाई हामी धन्यवाद दिन चाहान्छौँ”–विगत पाँच वर्षदेखि नयाँ बानेश्वरमा धर्नामा बस्दै आउनुभएका महाप्रसाद पराजुलीले भन्नुभयो ।

अग्रज समाज नेपालका अध्यक्षसमेत रहनुभएका पराजुलीले साझामा भाडा निःशुल्क गर्नु प्रशंसायोग्य भएको बताउनुभयो । अहिले ज्येष्ठ नागरिकले रु दुई हजार वृद्धाभत्ता ९सामाजिक भत्ता० पाउँदै आएका छन् । त्यसैगरी ज्येष्ठ नागरिकले परिचयपत्रको आधारमा सार्वजनिक यातायातामा र सरकारी अस्पताल ९स्वास्थ्य उपचारमा० मा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

ज्येष्ठ नागरिकले सरकारले दिँदै आएको मासिक रु दुई हजार वृद्ध भत्तालाई बढाउनुपर्ने, स्वास्थ्य र यातायातमा दिइएको ५० प्रतिशत छुटको व्यवस्थालाई जिल्ला–जिल्लामा कार्यान्वयन गर्नुपर्ने माग राखेर विगत पाँच वर्षदेखि महाप्रसाद पराजुलीले धर्ना बस्दै आएका छन् । धर्र्ना बस्ने ज्येष्ठ नागरिकमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्राललयका उपसचिव मीरा शेरचनाका अनुसार विगत दुई वर्षदेखि ७५ वटै जिल्लामा रहेका महिला बालबालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिँदै आएको छ । उहाँका अुनसार हालसम्म करिब तीन लाख ज्येष्ठ नागरिकले परिचयपत्र पाइसकेका छन् ।

धर्नामा बस्ने ज्येष्ठ नागरिकमध्ये धेरै जना आफन्त नभएका, छोरा बुहारीले वृद्धाश्रम र सडक छेउमा बेवारिसे अवस्थामा छोडिदिएका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहनुभएका व्यक्तिका आमाबाबु सहभागी हुनुहुन्छ ।

अध्यक्ष पराजुलीले सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मात्र वृद्ध भत्ता दिने गरेको हुँदा ६० वर्षदेखि नै दिन सुरु गर्नुपर्ने माग गर्नुभयो । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २२ लाख रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com