गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित थापाले ६ हजार १६६ र एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।
यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशिला पुनलाई ५९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १८८ मत पाउँदा सुशिलाले ५ हजार ५८९ मत पाइन् ।
गुल्मी दरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्