सिन्धुली । नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत गोलञ्जोर गाउँपालिका आउने भएका छन् । वैशाख ९ गते युवा संघ गोलञ्जोरले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेता बस्नेत गोलञ्जोर आउने भएका हुन् ।
नेता बस्नेतले पालिकाको केन्द्र ग्वाल्टारमा आयोजित बृहत युवा भेला तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
चर्चित गायकहरु रामजी खाँड र बैकुण्ठ भण्डारीले सो कार्यक्रममा गीत प्रस्तुत गर्नेछन् ।
नेता बस्नेत आएको मौका पारेर विभिन्न पार्टी परित्याग गरी युवाहरु एमाले प्रवेश गर्ने कार्यक्रम समेत तय गरेको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्