ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचनमा २१ दल मध्ये ८ दलले प्रस्तावक र समर्थक बिनै दर्ता गराए


एबीसी न्यूज

काठमाडौं, २९ पुस । माघ २४ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मतदाता नै नभएका दलले समेत दल दर्ता गराएका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि १५ दिने सूचना निकालेर दल दर्ताको लागि आह्वान गरेकोमा २१ राजनीतिक दलले दल दर्ता गराएका हुन । तर, ती मध्येमा ८ दलले भने प्रस्तावक र समर्थकबिनै दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा मतदाता हुन प्रदेशसभाको सांसद र स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष रहने व्यवस्था छ । राष्टिय सभा निर्वाचनमा दल दर्ता गराएका ८ दलले एक सिट पनि जितेका छैनन् । शाखा अधिकृत धर्मचन्द्र तिमिल्सिनाले स्थानीय तह र प्रदेश तहमा एक सिट पनि नजितेका दलले समेत निर्वाचनका लागि दल दर्ता गराएको बताए ।

यसरी मतदाता नै नभएर दर्ता गराएका दलमा नेपाल परिवार दल, वहुजन समाजवादी पार्टी, नेपाली जनता दल, गान्धीवादी पार्टी, नेपाल परिवार दल, वहुजन शक्ति पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दल रहेका छन् ।
शाखा अधिकृत तिमिल्सिनाले भने, ‘ती दललाई थाहा नभएर दल दर्ता गराउन आएका हुन्,’ उनले अगाडि भने, ‘उम्मेदवारी दिँदा प्रस्तावक र समर्थक नपाएपछि उनीहरूको दलको निर्वाचनमा कुनै औचित्य हुँदैन ।’

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टीले दल दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय सभाको निर्वाचनको लागि दल दर्ता गर्नेमा नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

केही दलले भने निश्चित प्रदेशको लागि राजनीतिक दल दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले प्रदेश नंं ४ र ५, नेमकिपाले प्रदेश नंं ३, नेपाल संघीय समाजवादी फोरमले प्रदेश नम्बर २, राजपाले प्रदेश नम्बर २ र ७ का लागि मात्र सहभागी हुने भनेर दल दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com