वाग्मती, २७ फागुन । राष्ट्रमा सुख, शान्ति र सद्भावको कामनाका गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडामा रहेको पाथीभरा मन्दिरमा आजदेखि पाथीभरा महोत्सव एवं कोटीहोम महायज्ञ सुरु गरिएको छ । मन्दिर स्थापना भएको प्रत्येक वर्ष कोटीहोम आयोजना गर्दै आए पनि यस वर्ष विगतको तुलनामा बृहत्रुपमा सुरु गरिएको महायज्ञ आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
महायज्ञमा हरेक दिन बिहान र साँझ हवन, कथावाचन, पितृमोक्ष, आरती र भजनकीर्तन गरिने भएको छ । महायज्ञमा देशका विभिन्न स्थानका दुई दर्जन गुरुको सहभागिता रहेको छ । उपमहानगर प्रमुख हरिवहादुर महतले महायज्ञ र महोत्सव उद्घाटन गर्दै आफू हेटाँैडाको पर्यटकीयस्थको विकासका लागि लागिपरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्