मेरो बिरामी, जो धैर्यवान र चिन्तनशील छन्, उनले मलाई भनेका थिए, उनले आफ्नो कामको अन्तिम वर्षहरु सपनामा बिताए, जुन उनले र उनकी पत्नीले अवकाश पछिका हप्तामा युरोपेली क्रूजमा जाने योजना बनाएका थिए। “मैले मेरो दायित्व पूरा गरेको थिएँ,“ उनले थप स्पष्ट गरे । “म जीवनको सबैभन्दा राम्रो हिस्सा अन्ततः शुरू हुने प्रतीक्षा गरिरहेको थिएँ।“
उनले विरलै छुट्टी लिएका थिए र अन्तिम महिनाहरूमा बिग्रिएको वाकवाकी र कहिलेकाहीं पेटको दुखाइलाई सहेका थिए । उनले सोचेका थिए, स्वतन्त्रता नयाँ देखिएको फिनिश लाइनको ठीक उतापट्टि छ। तर पेटको क्यान्सरको निदान(उनको कलेजो र फोक्सोमा फैलिएको थियो) ले उनलाई हिँड्न नसक्ने, सास फेर्न गाह्रो, क्रूजको लागि नौकायान सहन नसक्नेखालको वाकवाकी, र आफैं लुगा लगाउन नसक्ने तहको कमजोर बनाएको थियो। आफ्ना सपनाहरूमा बाँच्नुको सट्टा, उनी आफ्नो मृत्यु बाँचिरहेका थिए।
मैले हालै उनलाई सम्झें, “डाइङ फर सेक्स“ नामक टेलिभिजन शृंखला हेरेपछि, जसमा मोल्ली नामकी एक महिलालाई चर्को स्तन क्यान्सरको निदान हुन्छ। आफू मरिरहेको महसुस गरेपछि, मोल्लीले आफ्नो पतिलाई छोड्ने निर्णय गर्छिन् र होस्पिस हेरचाहमा मृत्यु हुनुअघि यौन पूर्ति खोज्छिन्। सत्य कथामा आधारित यो शृंखलाले मृत्युले हामीलाई कसरी साँचो रूपमा बाँच्न इच्छालाई स्पष्ट बनाउँछ भन्ने देखाउँछ। तर यसले अर्को तथ्यलाई पनि उजागर गर्छः हामी धेरैले मृत्यु निश्चित र नजिक नहुन्जेल पूर्ण र प्रामाणिक रूपमा बाँच्नुको अर्थ के हो भनेर आफैंलाई सोध्दैनौं।
हामी मृत्युसँगै बाँच्छौं। यो राजमार्गहरूमा लापरवाहीपूर्वक दौडिन्छ र हाम्रो शरीरभित्र गोप्य रूपमा फूल्छ। हामीलाई कहिले वा कसरी मृत्युसँग भेट हुन्छ भन्ने कुनै विचार हुँदैन। यो विशिष्ट अनिश्चितताको चेतनासँग बाँच्नु डरलाग्दो हुन सक्छ, तर मैले पाएको छु कि मृत्यु एक अद्वितीय भव्यतासँग चम्किन्छः स्वतन्त्र रूपमा बाँच्ने सम्भावना।
लोकप्रिय संस्कृतिले हामीलाई क्लिसे बकेट लिस्टमा विश्वास गर्न प्रेरित गर्छ, जसले रोगले लगाएका शारीरिक सीमाहरू वा सामान्य समझको भावनात्मक सीमाहरूलाई चुनौती दिने असाधारण गतिविधिहरूलाई सम्झाउँछ। “द बकेट लिस्ट“ मा मोर्गन फ्रिम्यान र ज्याक निकोल्सनले टर्मिनल फोक्सोको क्यान्सर भए पनि स्काइडाइभ गर्छन्। “लास्ट होलिडे“ मा क्वीन लटिफाले आफ्नो जीवनको बचत निकालेर युरोप जान्छिन्, जब उनलाई केही हप्ता मात्र बाँच्ने थाहा हुन्छ।
मृत्युलाई साहसिक गतिविधिहरूको काल्पनिकतासँग स्वागत गर्नु वा नयाँ बेपरवाह व्यक्तित्व अपनाउनु हाम्रो अन्तिम ठूलो अज्ञातको डरका लागि आकर्षक उपचार हो। तर मेरो अनुभवमा, मृत्युको बारेमा विचारशील चिन्तनले मानिसहरूलाई असामान्यको जटिल संस्करणतर्फ धकेल्छ, न कि अतिहरूको नयाँ परिवर्तनहरूतर्फ । म प्रायः समान इच्छाहरूको भिन्नताहरू सुन्छुः एक छोरीले अस्पतालमा सानो विवाह समारोह चाहन्छिन् ताकि उनको मरिरहेका अभिभावक उपस्थित हुन सकून्। एक भाइले टाढिएकी बहिनीलाई फोन गर्छ, उनलाई भेट्न आउन अनुरोध गर्दै ताकि उसले बिदाइ गर्न सकोस्। मैले असामान्य लक्ष्यहरू पनि सुनेकी छुः लामो समयदेखि स्थगित अलामोको यात्रा गर्न चाहने, रोमान्स उपन्यास लेख्न चाहने, अन्तिम पटक कुकुरहरूको एक बथान प्रजनन गराउन चाहने र तिनीहरूको नयाँ फरक खालको दूधिलो मिठासको एक अन्तिम पटक सास लिन चाहने। यी इच्छाहरूको मूलमा एउटै चाहना छ, हामीले जिएको जीवन र हामीले चाहेको जीवन बीचको भिन्नताहरूलाई मिलाउनु ।
हाम्रो मृत्युको बारेमा चिन्तन गर्नाले हामीलाई आफूसँग गहिरो इमानदारीको स्थानमा लैजान सक्छ, कहिलेकाहीं हामीलाई पूर्ण रूपमा बाँच्न मद्दत गर्छ, तर यसले हामीलाई हाम्रो शरीरलाई पूर्ण रूपमा बुझ्न र त्यससँगै बस्न सिकाउँछ। मृत्युले हाम्रो शरीरलाई हामीले अनुमान गर्न नसक्ने तरिकामा खोल्छ। के हामी अचानक कार दुर्घटनामा मर्नेछौं, शारीरिक पतनको अपमानबाट बच्दै ? वा डिमेन्सियाले हाम्रो शरीर र दिमागलाई अनिश्चित सिलसिलामा दावी गर्नेछ ?
मोल्लीले आफ्नो शरीरलाई हामी धेरैले जस्तै अनुभव गर्छिन्, कहिले कब्रको रूपमा र कहिले उत्कृष्टताको प्रवेशद्वारको रूपमा। उनको बिरामी शरीर रेडिएसनको समयमा ठाउँमा टाँसिएको छ, हरियो बत्ती उनको डरलाग्दो आँखाहरूमा सिधै चम्किन्छ। तर तैपनि, उनको पलकहरू फरफराउँछन् र उनको गाला फुल्छ जब उनी पहिलो पटक अर्को व्यक्तिसँग चरमोत्कर्षमा पुग्छिन्। रोगको शारीरिक सीमाहरूले उनलाई पूर्ण रूपमा बाधा पु¥याउँदैनन्, मेरा धेरै बिरामीहरू यति भाग्यशाली हुँदैनन्।
मोल्लीको शरीर अझै चाहनाले जल्छ र उनलाई चाहने कुरा हासिल गर्न मद्दत गर्ने समर्थन प्रणाली छ। यो मेरो त्यो बिरामीको लागि सत्य थिएन, जसले आफ्नो जीवनभर डाइट गरिन्, यस्तो सोच्दै कि उनले पछि स्वतन्त्र रूपमा खानेछिन्; इसोफेजियल क्यान्सरले उनको भोक चो¥यो र उनलाई निल्न नसक्ने बनायो, फिडिङ ट्यूबमा निर्भर बनायो । यो त्यो महिलाको लागि पनि सत्य थिएन जसले आफ्नो जन्मभूमिमा अन्तिम एक पटक उडान गर्न चाहन्थिन्; उनी त्यहाँ पुग्नु अघि नै मरिन्, ए.एल.एस.ले अचल बनाएर । तिनीहरूको लागि, आनन्द र पूर्तिलाई अनिश्चित भविष्यमा पन्छाउनुको अर्थ मृत्यु आउनुअघि तिनीहरूले परिकल्पना गरेको जीवनका महत्वपूर्ण हिस्साहरूलाई गुमाउनु थियो।
हाम्रो शरीरले हाम्रो जीवनलाई सोस्छ; आतंक र आनन्द दुवै हाम्रो छालामा बस्छन्। मोल्लीले बाल्यकालमा भोगेको दुव्र्यवहारको सामना गर्न शुरू गर्छिन्। मेरो बिरामीले आफ्नो युवावस्थाको आघात र आफ्नी पत्नीसँगको प्रेमपूर्ण सम्बन्ध गुमाएको बारे नियमित रूपमा रुन थाले। मर्ने मौकाले हामीलाई हाम्रो जीवनको हिस्सा भनेर स्वीकार गरेको कुरालाई सामना गर्ने अवसर प्रदान गर्छ—निर्माणकारी घटनाहरू र अनुभवहरू जसलाई हामी चुनौती वा प्रश्न गर्दैनौं, तर केवल स्वीकार गर्छौं र फोहोर कोठा–साथी जस्तै समायोजन गर्छौं।
तर हामीले मर्ने बेलासम्म पर्खनु पर्दैन स्वतन्त्र रूपमा बाँच्नुको अर्थ के हो भनेर विचार गर्न। हामी सबैको लागि, मृत्युलाई मार्गदर्शकको रूपमा पुनः अवधारणा गर्नाले हामी को हौं र हाम्रो जीवनको अर्थ के हुन चाहन्छौं भन्ने बारेमा आफूसँग निरन्तर संवाद शुरू गर्न मद्दत गर्छ। पछिल्ला छ महिना तपाईंले कसरी बिताउनुभयो भनेर सोच्नुहोस्। के र कसले तपाईंलाई पूर्ति र आनन्द ल्यायो? यदि तपाईंले सकेको भए के फरक गर्नुहुन्थ्यो? यदि ती तपाईंको जीवनको अन्तिम छ महिना थिए भने, तपाईंको पछुतो के हुन्थ्यो?
यी प्रश्नहरू, सतही रूपमा सरल, मृत्यु आफैं जस्तै सामान्य र साधारण छन्। यी प्रश्नहरूको हाम्रा जवाफहरू हाम्रो जीवनको विकाससँगै विकसित हुन्छन्। अहिले तपाईंलाई सबैभन्दा महत्वपूर्ण लाग्ने कुरा र व्यक्ति बदलिन सक्छ। यदि हामीले मृत्यु आउनुअघि यो अनुसन्धान शुरू गर्छौं भने, हामीले जसरी बाँचेका छौं त्यसरी नै पूर्ण रूपमा मर्न सक्छौं।
हाम्रो कमजोर जीवनलाई पहिल्यै दबाइएका इच्छाहरू वरिपरि पुनः व्यवस्थित गर्नु सधैं व्यावहारिक वा सम्भव हुँदैन, भावनात्मक वा आर्थिक रूपमा। तर यदि हामीले निद्रामा रहेका जोशहरूको नाममा हाम्रो अस्तित्वलाई उल्टाउन सकदैनौं, हामीले शरीरले प्रस्ताव गरेको जीवनमा स्वतन्त्रता पाउन सक्छौं, दुखको जलन र आनन्दको धड्कनमा ध्यान दिँदै, अङ्गालोको तीव्रता वा टोस्टमा मक्खनको स्वादमा। हामी मर्दा पनि, हाम्रो शरीर रोगबाट पतनभन्दा बढी गर्न सक्षम छ।
मेरो बिरामीलाई पहिलो पटक भेटेको केही महिनापछि, जो युरोपेली यात्राको सपना देख्थे, उनकी पत्नीले उनलाई आपतकालीन कक्षमा ल्याइन्, उनको आवाज काँपिरहेको थियो, जब उनले उनको छाला रातभरमा कसरी पहेंलो भएको थियो, उनले अस्पताल जान अस्वीकार गर्दा उनको आवाजमा कठोरता, तिनीहरूकी छोरीले उनको हेरचाह गर्न स्कूल छोड्ने निर्णय गरेको वर्णन गरिन्। उनले मलाई उनको ओछ्यानको छेउमा कुर्सी तान्दा म मुस्कुराए।
“बेल्जियम देख्न पाएको भए कति राम्रो हुन्थ्यो,“ उनी फुस्फुसाए। “म तिमीलाई साँच्चै राम्रो चकलेट ल्याउन सक्थें।“
डा. पुरी एक उपशामक हेरचाह चिकित्सक हुन्
जुन १, २०२५, न्यूयोर्क टाइम्सबाट








प्रतिक्रिया दिनुहोस्