ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन्यजन्तु संरक्षणका लागि नेपाल-भारत बैठक


एबीसी / संवाददाता

चितवन, १८ फागुन । वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । दुईदेश बीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा आयोजना भएको हो । नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाईगर रिजर्बले संयुक्त रुपमा सो बैठकको संयोजन गरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका नेतृत्वमा यहाँका टोलि र वाल्मीकि टाईगर रिजर्ब फिल्ड डाईरेक्टर डा. के नेशमनिले भारतको तर्फबाट नेतृत्व गर्नुभएको थियो ।

बैठकमा सहभागी संरक्षण अधिकृत आचार्यका अनुसार वन्यजन्तु आवतजावतमा आवश्यक व्यवस्थापनका विषय, मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र चोरीशिकारका विषयमा सूचना आदानप्रदान, आपसी सहयोगमा अभिवृद्धि जस्ता विषयमा छलफल भएको छ । वन र वन्यजन्तु संरक्षणका क्रममा सीमा क्षेत्रमा कुनै समस्या आइपरेमा तत्काल सम्बन्धित अधिकारीकाबीचमा छलफल गरेर समाधान गर्ने विषयमा वृहत छलफल भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“संरक्षणका क्रममा समस्या भएमा तत्काल समाधानका विषयमा छलफल भएको छ ।” दुई देशका अधिकारीकाबीचमा नियमित भौतिक उपस्थितिमा बैठक हुने गरेकोमा कोभिडका कारण दुई वर्षदेखि जुममार्फत् मात्रै हुने गरेको थियो । यस प्रकारका बैठक विगतमा वर्षमा तीन पटकसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा नेपालका तर्फबाट पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) का डिभिजन वन कार्यालय प्रमुख, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, जेडएसएल लगायतका संस्थाका प्रमुख एवं प्रतिनिधि बैठकमा सहभागी हुनुभएको थियो । भारततर्फका वाल्मीकि टाईगर रिर्जबका डाईरेक्टर डा नेशमनिल, विश्व वन्यजन्तु कोष भारतका रेन्ज अफिसर लगायतको उपस्थिति रहेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा गएका एक महिनामा तीन छावा जन्मिएका छन् । गत माघ १९ गतेदेखि यही फागुन १७ गतेसम्म तीन हात्तीले बच्चा जन्माएका हुन् । वैशाखयता यो सङ्ख्या चार पुगेको छ ।
केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलिले जन्माएको बच्चालाई रामसार कली नामाकरण गरिएको छ । माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामाकरण गरिएको छ । यस्तै फागुन १७ गते डम्बर कलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन । कली पोथी हो भने गज भाले हो । २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ । यस अघि गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो । तीन चार महिनाभित्रमा लोकतन्त्र कली र ऐश्वर्यकलीले बच्चा जन्माउने प्रमुख चौधरीले बताउनुभयो । प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ । केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको उहाँको भनाइ छ । यद्यपि, ध्रुवे र गोविन्दे पनि समय समयमा संसर्गका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा हाल ५८ हात्ती छन् । तीमध्ये ६ कोसीटप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन् । प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com