काठमाडौ, १२ फागुन । युक्रेनको सशस्त्र फौजले पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।
“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” युक्रेनी सुरक्षा फौजलाई उदृत गर्दै जनाएको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमान खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारलाई निसाना बनाइरहेको जनाएको छ । पूर्वी युक्रेनका सुरक्षाफौजको पोस्ट लक्षित गरी रुसले आक्रमण गरिरहेको खबरमा भनिएको छ । रुसले आक्रमण थालेसँगै युक्रेनका नागरिक त्रसित भएका छन् । विस्फोट हुन थालेपछि राजधानीमा भागाभाग भएको छ।
सयौँले राजधानी छाडेका बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्