ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ


एबीसी न्यूज
चैत्र २१, २०८२ शनिबार  ८ : १५ बजे

काठमाडौं, २१ चैत्र । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। आजै बयान पनि लिएर उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ।शंकर अग्रवाल नेपालको एउटा प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्। शंकर अग्रवालले पछिल्लो समय छोराहरू साहिल र सुलभसहित व्यवसायी दीपक भट्टसँग साझेदारीमा अफ्नो व्यवसाय विस्तार गर्दै आइरहेका थिए। अग्रवाललाई बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी भट्टसँग जोडिएको मुद्दामा छानविन गर्न पक्राउ गरिएको बुझिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

भट्टसहित उनका साझेदारहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ अर्ब बढीको विगोसहित मुद्दा चलाउने तयारी गरेको छ।

बालेन सरकार बनेको एक सातामा भट्टपछि पक्राउ परेका अग्रवाल दोस्रो व्यवसायी हुन्।

यसअघि कार्की आयोगको प्रतिवेदनले दिएको सिफारिस अनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

त्यस्तै पक्राउ परेका अर्का नेता पूर्वउर्जामन्त्री दीपक खड्कामाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

गुण्डागर्दीविरुद्ध प्रहरी अभियानः किमजोङसहित १७ जना पक्राउ

सम्बन्धित

अस्पतालमै लिइयो ओलीको बयान, – हुलदंगा नियन्त्रण गर्ने विषय प्रधानमन्त्रीको होइन

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

एमालेको निष्कर्ष : बादलको अभिव्यक्ति त्रुटिपूर्ण, पार्टी नीतिविपरीत

अमेरिका–इरान युद्धको असर : ३८ नेपालीको शव ल्याउन समस्या

प्रधानमन्त्री शाहको टिममा शक्तिशाली इन्ट्री: दिपा दाहाल प्रेस तथा अनुसन्धान विज्ञ नियुक्त

‘सक्ने काम तत्काल गरौं’ – बालेनको जवाफ, सांसदहरूको मुख्य माग बाँदर नियन्त्रण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com