ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरी हुन थाले काष्ठमण्डपका पुरातात्विक काठ


एबीसी न्यूज
पुस २५, २०७४ मंगलबार   ६ : ५९   बजे

काठमाडौँ, २५ पुस  । काष्ठमण्डपको एक हजार १०० वर्ष पुरानो काठ वसन्तपुर क्षेत्रमा बेवारिसे छोडिँदा चोरी हुन थालेको छ ।

पुरातात्विक महत्वको काठ काष्ठमण्डप, शिव पार्वती सत्तल, गृह मन्त्रालयअन्तर्गतको समारोह प्रबन्ध फाँटको कार्यालय रहेको चोक, भैरव मूर्ति अगाडि बेवारिसे अवस्थामा राखिएको छ । भूकम्पको ३२ महिना बित्दासमेत काष्ठमण्डप पुनःनिर्माण त परै जावस् पुरातात्विक चीजबीजको संरक्षणसमेत हुन सकेको छैन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा स्थानीयवासीको समिति र पछि काठमाडौँ महानगरपालिकालाई दिएको थियो । महानगरपालिकाले पुनःनिर्माण शुरु गरेको छैन भने भत्किएका पुरातात्विक महत्वका काठसमेत संरक्षण गर्न सकेको छैन् ।

सम्पदा संरक्षणको अभियानमा लाग्नुभएकी स्थानीयवासी सुमना श्रेष्ठ महानगरपालिका ऐतिहासिक महत्व बोकेका सम्पदा बनाउनभन्दा कमिसन खान लागेकाले काष्ठमण्डपका चीजबीज संरक्षण हुन नसकेको गुनासो गर्नुहुन्छ ।

“महानगरपालिकाले हनुमानढोका संरक्षण कार्यक्रममार्फत यहाँ छिरेका पर्यटकसँग पैसा असुल्छ, तर त्यो पैसा कहाँ खर्च गर्छ ? काष्ठमण्डप भत्किएपछि पुरातात्विक चीजबीजको संरक्षणका लागि पनि महानगरले ठाउँ उपलब्ध गराएन” उहाँले भन्नुभयो ।

काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानले गत वैशाखमा काठ नाप्न शुरु गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि महानगरले नै पुनःनिर्माण गर्ने निर्णय भएकाले कति काठ कहाँ कहाँ राखिएको छ भन्ने अभिलेख महानगरसँगै हुनुपर्ने बताउनुहुन्छ अभियानकी इन्जिनियर बिनीता मगैया ।

हनुमानढोका संरक्षण कार्यक्रम प्रमुख उदय पसखलः भने काष्ठमण्डपको कति काठ छ भन्ने अभिलेख महानगरसँग नभएको बताउनुहुन्छ । यो अभिलेख पुरातत्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डामै हुनुपर्ने उहाँको भनाइ छ ।

विभिन्न कलाकृति कुँदेर काष्ठमण्डपमा हालिएका झ्याल, ढोकालगायत पुरातात्विक चीजबीज भने सुरक्षित रहेको हनुमानढोका संरक्षण कार्यक्रमले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group