अछाम, २४ पुस । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा छाउगोठमा एक महिलाको मृत्यु भएको छ। २२ वर्षीय गौरी बुढा सोमबार छाउगोठमा मृत अवस्थामा भेटिएकी स्थानीय उजिर बयकले जानकारी दिए।

तुर्माखाद गाउँपालिका ४ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी बुढा सोमबार बिहान मृत फेला परेकी हुन्। घटनाबारे प्रहरीसम्म भने जानकारी पुगेको छैन।
अछामका प्रहरी प्रमुख दधीराम न्यौपानेले घटनाबारे जानकारी नआएको बताए।



















प्रतिक्रिया दिनुहोस्