ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार ५९ साल फर्काउने षडयन्त्र छ : पूर्वप्रम ओली


एबीसी / संवाददाता

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थानीय तहको निर्वाचन गर्न छाडेर लुटपाटमा लागेको आरोप लगाएका छन् ।संखुवासभा जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएपनि सरकारको ध्यान यता नरहेको बताए ।

उनले भने, ‘सरकार लुटपाटमा लागेको छ । चुनावतिर होइन् ।’स्थानीय निर्वाचन सम्बन्धि ऐनमा पहिलोपटक निर्वाचन भएको मितिको दुई महिना अगाडी नै नेतृत्व चयन हुनुपर्ने भएपनि त्यसको तयारी नभएको उनले बताए । ओलीले २०७४ सालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाखमा सम्पन्न भएकाले फागुनमा नै अहिले निर्वाचन हुनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘स्थानीय निर्वाचनसम्बन्धि ऐनअनुसार पहिलोपटक जुन मितिमा हुन्छ । त्यसको दुई महिना अगाडि गरिसक्नु पर्छ । चरण चरणमा निर्वाचन भए पनि पहिलो चरणमा भएको मितिले दुई महिना अगाडी नै निर्वाचन हुनुपर्ने हो ।

२०७४ को निर्वाचनको समय मानेर दुईमहिना अगाडी निर्वाचन गरिसक्नुपर्छ भनेको फागुनमा गर्ने हो । तर फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन ।’विगतमा पनि सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीमार्फत चलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकारको षडयन्त्र भइरहेको बताए ।उनले भने, ‘०५९ सालमा पनि जनप्रतिनिधिहरुको चुनाव गरेर म्याद थपिएन । त्यो बेला कर्मचारीहरुको जिम्मा लगाइएको थियो ।

त्यसपछि स्थानीय तह पङ्गु भए । पछि २०७४ सालमा प्रतिनिधिहरुको निर्वाचन भयो । अहिले फेरि सरकारले निर्वाचन गर्नेमा शंका छ ।’अध्यक्ष ओलीले एमालेले काम गर्न नसकेर सरकारबाट बाहिरएको नभइ दुनिया हल्लाउने गरि काम भएपछि ढालिएको बताए ।विश्वबैंक, युनेस्को र डब्ल्युएचओलले समेत आफू नेतृत्वको सरकारको प्रशंसा गरेको उल्लेख गर्दै उनले भने, ‘एमालेले नेतृत्व गरेको सरकारका बेला नेपालको प्रशंसा विश्व बैंकले गरेको थियो । शिक्षाको क्षेत्रमा युनेस्कोले प्रशंसा गरेको थियो । स्वास्थ्यको क्षेत्रमा डब्ल्यूएचओले प्रशंसा गरेको थियो । स्रोत साधन नभए पनि कोभिडविरुद्ध लडेकोमा प्रशंसा गरेका थिए । तर षडयन्त्र गरेर केही तत्वले हामीलाई हटाए । षडयन्त्र सँधै काम लाग्दैन । षडयन्त्रकारीहरु जनताका माझ जान डराइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com