ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य शिविरमा ९५ जनाको पाठेघर परीक्षण


एबीसी न्यूज

चितवन २४ पुस  ।   चितवनको रत्ननगर नगरपालिकाको वडा नं ९ मा गरिएको स्वास्थ्य शिविरमा ९५ जना स्थानीय महिलाको पाठेघरको निःशुल्क परीक्षण गरिएको छ ।

वडा नं ९ को वडा कार्यालयको सहयोग तथा स्थानीय उपभोक्ता समितिको आयोजनामा भएको दुईदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन आइतबार ९५ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर आज पनि जारी छ ।

नगरपालिकाको साविक वडा नं ७ मा ४३ जना र साविक वडा नं ६ मा ५२ जना महिलाको पाठेघर जाँच गरिएको वडा सदस्य सरस्वती लामाले जानकारी दिनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी डा मञ्जु शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको लामाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष रोशन आचार्यले घरायसी कारणले अस्पताल पुग्न नसकेका महिलालाई गाउँमा नै स्वास्थ्य शिविर सञ्चालन हुँदा सजिलो भएको बताउनुभयो ।

उपभोक्ता समितिकी संयोजक कमला घिमिरेले पाठेघर शिविरले महिलाको स्वास्थ्य परीक्षणमा सहज भएको बताउनुभयो ।

चेपाङ संरक्षण केन्द्रलाई सहयोग

यसैगरी रत्ननगरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स क्लब अफ चितवन सौराहाले आइतबार बालबालिकाका लागि ५१० केजी चामल, ४५ लिटर तेल, आठ केजी मसला, एक बोरा सोयाबिन, चार केजी मेथी र एक बोरा चिउरा सहयोग गरेको हो । केन्द्रमा १०५ जना चेपाङ बालबालिका आश्रित रहेका छन् । उनीहरु नजिकैको स्कुलमा पढ्नसमेत जान्छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com