ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी हुदै छ पार्टी एकता


एबीसी न्यूज

काठमाडौ,२३ पुस । चुनावी नतिजाले नयाँ सरकार गठनमा ढिलाइ भएपछि नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू पार्टी एकताको मोडालिटी निर्माणमा लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनअनुसार दुवै नेतानिकट रहेका केही युवा नेताले पार्टी एकताको मोडालिटी अन्तिम चरणमा पुर्याएका हुन् ।

चुनावी तालमेलअघि अति गोप्य राखेर अन्तिम निर्णयमा पुर्याएका ओली र दाहालले आपूmनिकट नेतालाईसमेत कुनै जानकारी नदिई एकता मोडालिटी बनाउने जिम्मा दिएको र त्यसैअनुसार काम भइरहेको स्रोतले बतायो । एमाले र माओवादी भित्रका कतिपय जिम्मेवार नेतासमेत एकता हुँदा आफ्नो मन्त्री पद र पार्टीमा प्राप्त पद गुम्ने त्रासमा विपक्षमा लागेको तथ्य फेला परेपछि ओली र दाहाल दुवैले एकता पछिको राजनीतिक कार्यदिशा, सिद्धान्त, सांगठानिक संरचना र नेतृत्वको विषयमा गोप्यता कायम गर्दै गृहकार्य अघि बढाएको स्रोतको भनाइ छ ।

चुनावमा जनताले आफूहरूले अघि सारेको स्थिर सरकार र समृद्धिको मुद्दालाई अनुमोदन गरेको र चुनावअघि नै ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको कारण पार्टी एकता गर्दा प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलका नेता ओली नै रहने विषयमा लगभग सहमति जुटेको छ ।

स्रोतका अनुसार एकीकरण गर्दा एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने, अध्यक्ष र कार्यवाहक अध्यक्ष रहने वा सहअध्यक्षको व्यवस्था गरी पार्टी सञ्चालनको जिम्मा दिने गरी एकताको मोडालिटी लगभग टुंगिएको छ । यो मोडालिटीमा माओवादी अध्यक्ष दाहाल सहमत रहेको ती नेताले बताएको  छ । त्यसै आधारमा दाहालले केही दिनअघि अध्यक्षविना एकता नहुने भन्ने अडानमा माओवादी नरहेको भनाइ सार्वजनिक गरेको दाहालनिकट एक नेताले बताए ।

‘प्रचण्ड स्वयंले चुनावअघि नै प्रधानमन्त्रीमा ओलीको नाम घोषणा गरेको र आमजनताले भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई हेरेकोले उहाँलाई नै संसदीय दलको नेतासहित एकता महाधिवेशनसम्म एकीकृत पार्टीको अध्यक्ष कायम राखेर घोषणापत्रअनुसार स्थिर सरकार निर्माण गरी समृद्धितर्फ जाने गरी दुवै नेताले एकता मोडालिटीमा लगभग टुंगो लगाउने अवस्थामा पुर्याउनुभएको छ,’ प्रचण्डनिकट माओवादी केन्द्रका एक नेताले भने, ‘बाहिर आएजस्तो एकतामा पदीय बाँडफाँट बाधक भन्ने होइन, प्रचण्डले नै ओलीलाई यो प्रस्ताव गर्नुभएको हो, कसैले खेलेर पनि दुई नेताबीच दुरी बढाउन सक्ने अवस्था छैन ।’

स्रोतका अनुसार अब हुने वान टु वान वार्तामा ओली र दाहालले यो मोडालिटीलाई अन्तिम रूप दिनेछन् । ‘स्थिर सरकारमार्फत समृद्धिको जनचाहना पूरा गर्न पार्टी एकतापछि केपी ओली नै अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री बन्ने, प्रचण्ड कार्यवाहक अध्यक्ष वा सहअध्यक्षमा रहेर सरकारमा रहँदासम्म पार्टी हेर्ने र एकता महाधिवेशनपछि अध्यक्षको जिम्मेवारी लिने वा एकतासँगै संक्रमणकालीन व्यवस्थाअनुसार दुवै जना अध्यक्ष रहने गरी मोडालिटी करिब तयार भएको छ, यसैमा सहमति हुन्छ भन्ने दुवै दलका नेताको बुझाइ छ, यद्यपि, दुई नेताले योभन्दा फरक निर्णय लिएमा पनि कसैको विमति रहन्न,’ एकताका लागि दबाब दिँदै आएका माओवादी केन्द्रका एक नेताले भने ।

उनका अनुसार अहिले दुई नेताले विशेष सतर्कता अपनाएका कारण दुवै पार्टीमा रहेका एकताविरोधीहरू कसरी भाँड्न सकिन्छ भन्दै लागेका छन् । यही योजनाअनुसार विभिन्न प्रस्ताव अघिसार्ने गरेको र दुई नेताबीचसमेत फुट पार्न चाहिरहेको उनको बुझाइ छ । एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले यसअघि नै एकता गर्दा दुवै जना अध्यक्ष रहने र महाधिवेशनपछि एक जनाले नेतृत्व लिने प्रस्ताव राखिसकेका छन् । घोषणापत्र कार्यान्वयन गर्दै जनतामा पलाएको सपना पूरा गर्ने गरी सरकार गठनका लागि ओलीलाई अध्यक्षसहित दलको नेता र प्रधानमन्त्री बनाउने विषयमा दोस्रो तहका नेताहरुले बहस गरिरहेका छन् ।

स्रोतका अनुसार ओली र दाहाल भने एकतापछि आफ्नो स्थान सुरक्षित हुनुपर्ने भन्दै दुवैतर्फ भइरहेको चलखेलप्रति पछिल्लो दिन निकै सचेत बनेका छन् । ‘एमालेमा बढी चलखेल भयो, एकताका लागि योजना बनाउने र हदैसम्मको लचकता देखाउने ओलीलाई नै देखाएर भाँडिएको सन्देश दिने भित्री योजनाबारे दुवै नेता जानकार छन्, विशेषत प्रचण्ड बढी सतर्क बन्नुभएको छ,’ ती नेताले भने ।

‘केपी ओली अध्यक्ष रहँदासम्म पार्टी एकता गर्नुहुन्न भन्ने प्रस्ताव एमालेका केही नेताले राखेकै हुन्, त्यसलाई चिर्दै दुई नेताले पार्टी एकताको घोषणासहित चुनावी तालमेल गर्नुभएको हो, अहिले एकता भाँडियोस् भनेर हिजो ओली नेतृत्वमा रहँदासम्म गर्नुहुन्न भन्ने नेताहरू लागेको देखिन्छ भन्ने निष्कर्ष हामीलाई प्रचण्डले सुनाउनुभएको छ,’ दाहालनिकट अर्का नेताले भने । ती नेताका अनुसार एमाले भित्रका एकताविरोधीहरू ओलीलाई कमजोर पार्न अहिले माओवादीसँग खेल्ने काम गरिरहेका छन् ।

‘जसले एकताको इनिसियसन लियो, उसैलाई कमजोर पार्न चलखेल भएको देखिन्छ, यसलाई ओली र प्रचण्ड दुवै कमरेडले बुझ्नुभएको छ,’ उनले भने । स्रोतका अनुसार केही समययता ओली–दाहालबीच भेटघाट नभए पनि निरन्तर फोन सम्पर्कमा रही मोडालिटीबारे छलफल भइरहेको छ । दुवै नेता सहमति गरेर जानकारी दिने योजनामा रहेको उनले बताए ।

दुवै नेताले एमाले र माओवादीमा रहेका वरिष्ठ नेताहरूको भूमिका कसरी व्यवस्थापन गर्ने भन्नेबारेसमेत छलफल अन्तिम निष्कर्षतिर पु¥याएका छन् । सबै नेतालाई सम्मानजनक भूमिका दिने गरी गृहकार्य गर्नुभएको छ, समृद्धिको नेतृत्वदायी भूमिकामा पहिलो पुस्ताका सबैको योगदान रहने गरी छलफल चलेको हो,’ उनले भने । आजको छापा बाट विभिन्न संचार माध्यमा बाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका विरोधी नीतिका लागि ब्रिक्स राष्ट्रलाई थप १० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की

राम नेपालमै जन्मिएका हुन् भन्न डराउनुपर्दैन – प्रधानमन्त्री

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

हंसपुर नगरको पूर्व उपमेयरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

एमालेसँग एकता गर्ने नीति र सोच छैन- माओवादी केन्द्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com