ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहान ढिलासम्म सुत्नुका यस्ता छन् साइड इफेक्टहरु !!


एबीसी / संवाददाता
मंसिर २३, २०७८ बिहीबार   ६ : २६   बजे

काठमाडौं । राति ढिलासम्म बस्ने र बिहान ढिलासम्म सुत्ने केही मानिसहरुको बानी हुने गर्छ । अधिकांश मानिसहरु रातिको समयमा ढिलासम्म पार्टीमा रमाउने र मध्यरातमा मात्रै सुत्न जाने गर्दछन् । यस्तो बानी छ भने तत्कालै बन्द गर्नुपर्छ । अन्यथा त्यो स्वास्थ्यको लागि यो हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।

वैज्ञानिकहरुको एक संस्थाले गरेको अध्ययनले बिहान अबेरसम्म सुत्ने व्यक्ति मस्तिस्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने कुरा पुष्टि गरेको छ । जसलाई डिमेन्सिया नामले चिनिन्छ । डिमेन्सिया एउटा मानसिक रोगको यस्तो स्थिति हो, जसमा दिमागसँग जोडिएका कयौं समस्याहरु हुने गर्दछन् । आम रुपमा डिमेन्सिया हुँदा व्यक्तिको स्मरण शक्ति कमजोर हुन्छ । यो रोग लागेपछि मानिसमा काम गर्ने क्षमता पनि कम हुने गर्दछ ।

स्मरण शक्ति नै नष्ट हुने खतरा
डिमेन्सिया एक न्यूरोलोजिकल समस्या हो । जसको कुनै उपचार छैन । यो रोगबाट बच्ने एकमात्रै बाटो भनेको समयमा नै जरुरी सावधानी अपनाउनु नै हो । त्यसको लागि हामीले त्यो रोगको खतरा बढ्ने बानीहरुलाई दूर गराउनुपर्छ ।९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्नु हानिकारक डिमेन्सियालाई लाइफस्टाइलसँग जोडिएको बिरामी पनि भन्ने गरिन्छ ।

गलत जीवनशैली अपनाउँदा मानिसहरु यो रोगको शिकार हुने गर्छन् । यसको स’मस्या धेरैजसो ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा लाग्ने गर्दछ । तर, वैज्ञानिकहरुको अध्ययनबाट यो कुरा पुष्टि भएको छ कि यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ । यो अध्ययन ५ हजार २४७ जनामा गरिएको थियो । अध्ययन गरिएकाहरुको उमेर ४५ वर्षमाथि र ७५ वर्षसम्म थियो । अध्ययन रिपोर्टको नतिजामा ९ घण्टाभन्दा धेरै सुत्ने मानिसहरुमा डिमेन्सियाको समस्या धेरै देखिएको छ ।

बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम सुत्नेहरुमा पनि यो समस्या देखिएको थियो । विश्वव्यापी मान्यताअनुसार युवावस्थामा दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक मानिन्छ । त्यसैले ९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्न नहुने सोधकर्ता बताउँछन् ।

धेरै सुत्दा किन हुन्छ खतरनाक ?

सोही रिपोर्टमा धेरै सुत्नु किन खतरनाक हुन्छ, भन्ने विषयमा पनि उल्लेख गरेको छ । धेरै सुत्दा कयौं प्रकारको हर्मोनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छ । ज्यादा सुत्दाको घाटा र फाइदाबारे अझै धेरै अध्ययन हुन बाँकी छ ।

यो अध्ययन अमेरिकाको नेशनल स्लिप फाउण्डेशनले गरेको हो । सो संस्थाका अनुसार सुत्नेहरुले पनि गहिरो निद्रा नलिने र जरुरतभन्दा कम सुत्नेहरुमा कोग्नीटिभ ९दिमागस’म्बन्धी० समस्याहरुको खतरा ज्यादा भएको देखिएको छ । जानकारहरुका अनुसार लामो समयसम्म शरीरमा गहिरो निद्रा परेन भने तुरुन्त चि’कित्सकहरुसँग यसको स’मस्याको बारेमा परामर्श गरिहाल्नुपर्छ । अ’न्यथा त्यो खतरनाक पनि हुनसक्छ ।

डिमेन्सियाको सुरुआती लक्षण

डिमेन्सिया भएका मानिसहरुमा केही विशिष्ट किसिमका ल’क्षणहरु देखापर्छ । यसबाट पीडित मानिसले कुनैपनि चिजलाई छिट्टै भुल्ने गर्छन् । खासगरेर भर्खरैको घटनाबारे पनि समय समयमा दोधारमा परिरहन्छन् । कुनैपनि काममा ध्यान नजानु, दैनिक गरिने काममा पनि पटक पटक गल्ती गर्नु, हर समय गुपचुप रहनु, उदास रहनु या डिप्रेशनको जस्तो लक्षण देखिनु डिमेन्सियाको सुरुआती लक्षण हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group