ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहान ढिलासम्म सुत्नुका यस्ता छन् साइड इफेक्टहरु !!


एबीसी / संवाददाता

काठमाडौं । राति ढिलासम्म बस्ने र बिहान ढिलासम्म सुत्ने केही मानिसहरुको बानी हुने गर्छ । अधिकांश मानिसहरु रातिको समयमा ढिलासम्म पार्टीमा रमाउने र मध्यरातमा मात्रै सुत्न जाने गर्दछन् । यस्तो बानी छ भने तत्कालै बन्द गर्नुपर्छ । अन्यथा त्यो स्वास्थ्यको लागि यो हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।

वैज्ञानिकहरुको एक संस्थाले गरेको अध्ययनले बिहान अबेरसम्म सुत्ने व्यक्ति मस्तिस्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने कुरा पुष्टि गरेको छ । जसलाई डिमेन्सिया नामले चिनिन्छ । डिमेन्सिया एउटा मानसिक रोगको यस्तो स्थिति हो, जसमा दिमागसँग जोडिएका कयौं समस्याहरु हुने गर्दछन् । आम रुपमा डिमेन्सिया हुँदा व्यक्तिको स्मरण शक्ति कमजोर हुन्छ । यो रोग लागेपछि मानिसमा काम गर्ने क्षमता पनि कम हुने गर्दछ ।

स्मरण शक्ति नै नष्ट हुने खतरा
डिमेन्सिया एक न्यूरोलोजिकल समस्या हो । जसको कुनै उपचार छैन । यो रोगबाट बच्ने एकमात्रै बाटो भनेको समयमा नै जरुरी सावधानी अपनाउनु नै हो । त्यसको लागि हामीले त्यो रोगको खतरा बढ्ने बानीहरुलाई दूर गराउनुपर्छ ।९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्नु हानिकारक डिमेन्सियालाई लाइफस्टाइलसँग जोडिएको बिरामी पनि भन्ने गरिन्छ ।

गलत जीवनशैली अपनाउँदा मानिसहरु यो रोगको शिकार हुने गर्छन् । यसको स’मस्या धेरैजसो ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा लाग्ने गर्दछ । तर, वैज्ञानिकहरुको अध्ययनबाट यो कुरा पुष्टि भएको छ कि यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ । यो अध्ययन ५ हजार २४७ जनामा गरिएको थियो । अध्ययन गरिएकाहरुको उमेर ४५ वर्षमाथि र ७५ वर्षसम्म थियो । अध्ययन रिपोर्टको नतिजामा ९ घण्टाभन्दा धेरै सुत्ने मानिसहरुमा डिमेन्सियाको समस्या धेरै देखिएको छ ।

बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम सुत्नेहरुमा पनि यो समस्या देखिएको थियो । विश्वव्यापी मान्यताअनुसार युवावस्थामा दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक मानिन्छ । त्यसैले ९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्न नहुने सोधकर्ता बताउँछन् ।

धेरै सुत्दा किन हुन्छ खतरनाक ?

सोही रिपोर्टमा धेरै सुत्नु किन खतरनाक हुन्छ, भन्ने विषयमा पनि उल्लेख गरेको छ । धेरै सुत्दा कयौं प्रकारको हर्मोनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छ । ज्यादा सुत्दाको घाटा र फाइदाबारे अझै धेरै अध्ययन हुन बाँकी छ ।

यो अध्ययन अमेरिकाको नेशनल स्लिप फाउण्डेशनले गरेको हो । सो संस्थाका अनुसार सुत्नेहरुले पनि गहिरो निद्रा नलिने र जरुरतभन्दा कम सुत्नेहरुमा कोग्नीटिभ ९दिमागस’म्बन्धी० समस्याहरुको खतरा ज्यादा भएको देखिएको छ । जानकारहरुका अनुसार लामो समयसम्म शरीरमा गहिरो निद्रा परेन भने तुरुन्त चि’कित्सकहरुसँग यसको स’मस्याको बारेमा परामर्श गरिहाल्नुपर्छ । अ’न्यथा त्यो खतरनाक पनि हुनसक्छ ।

डिमेन्सियाको सुरुआती लक्षण

डिमेन्सिया भएका मानिसहरुमा केही विशिष्ट किसिमका ल’क्षणहरु देखापर्छ । यसबाट पीडित मानिसले कुनैपनि चिजलाई छिट्टै भुल्ने गर्छन् । खासगरेर भर्खरैको घटनाबारे पनि समय समयमा दोधारमा परिरहन्छन् । कुनैपनि काममा ध्यान नजानु, दैनिक गरिने काममा पनि पटक पटक गल्ती गर्नु, हर समय गुपचुप रहनु, उदास रहनु या डिप्रेशनको जस्तो लक्षण देखिनु डिमेन्सियाको सुरुआती लक्षण हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com