ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेको ओरालो यात्रा आज पनि जारी, कारोबार रकम पनि घट्यो


एबीसी / संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि कारोबार बन्द हुँदासम्म २१.४८ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.४८ अङ्कले घटेर दुई हजार ६३०.०१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ अङ्कले घटेर ४९५.४५ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागे जस्तै कारोबार रकम पनि रु चार अर्बमा सीमित भएको छ । कूल २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर रु चार अर्ब ८९ लाख ३७ हजार १३३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९२ अर्ब ७१ करोड ३० लाख ९० हजारको हाराहारीमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् ०.५९ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ ।

बैंकिङ १०.८९, व्यापार ५.९४, होटल तथा पर्यटन ७३.३, विकास बैंक ६७.४४, वित्त ३१.९२, निर्जीवन बीमा ६७.८३, उत्पादन ६१.९५, अन्य ४१.१३, लघुवित्त ४०.८३, जीवन बीमा ११७.०४ र लगानी ०.६४ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६१ करोड चार लाख ७५ हजार ३४० बराबरको कारोबार भयो । नेशनल हाइड्रोपावर रु १५ करोड १२ लाख तीन हजार ४४६, आइसिएफसी फाइनान्स रु १२ करोड ४९ लाख ४७ हजार ४१८, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ९५ लाख ४५ हजार ४४५ र नबिल बैंक रु नौ करोड १४ लाख ९९ हजार ९०६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । कारोबारका आधारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । सामालिङ पावर ९.९८, सानिमा लार्ज क्याप ४.२८, कालिका पावर कम्पनी ३.६७ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.५९ प्रतिशतले कमाए । त्यस्तै, आइसिएफसी फाइनान्स १०, चन्द्रागिरी हिल्स ५.२०, महालक्ष्मी विकास बैंक ५, मानुषी लघुवित्त ४.६८ र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ३.९६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com