काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्रशासकहरु व्यावहारिक बन्नुपर्ने बताउनुभएको छ । सोमवार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरु व्यावहारिक बन्नुपर्नेमा जोड दिनुभएको हो । उहा“ले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरु ठिक भए त्यसलाई कार्यान्वयन गर्ने र समयअनुसार परिवर्तन भएका कुराहरुमा सोहीअनुरुप काम गर्न सहसचिवहरुलाई आग्रह गर्नुभयो । सैद्धान्तिक मात्रै नभई व्यावहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उहा“ले राष्ट्रसेवक कर्मचारीहरु व्यावहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताउनुभयो ।
उहा“ले नवनियुक्त सहसचिवहरुलाई आफु मातहतका कर्मचारीहरुलाई पक्षपातपूर्ण व्यवहार नगरीकन काम लगाउन पनि आग्रह गर्नुभयो । कतिपय कर्मचारीहरुमा आफुलाई प्रशासक ठानी सबै काम अरुलाई लगाउने प्रवृति रहेकोले त्यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने उहा“ले बताउनुभयो । मन्त्री श्रेष्ठले कर्मचारीहरुलाई प्रविधिमैत्री भएर काम गर्न निर्देशन पनि दिनुभयो । प्रशासनभित्र संघीयता कार्यान्वन्यनमा ध्यान दिंदैं कार्य सम्पादन गर्नुपर्ने उहा“ले बताउनुभयो ।


















प्रतिक्रिया दिनुहोस्