काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट ३ सय ५५ जना र एन्टिजेन परीक्षणबाट ४२ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ९ हजार १ सय ३४ पीसीआर र १ हजार ९ सय ३२ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा ३ सय ८९ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा ३ जनाको निधन भएको छ ।
आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ७१ जना छन् । जसमा काठमाडौंमा १ सय २५ जना, ललितपुरमा ४२ जना र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ७ हजार ४ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्