ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनरुत्थानका प्याकेजले अर्थतन्त्रमा सकारात्मक प्रभाव– गभर्नर अधिकारी


एबीसी / संवाददाता

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अघिल्लो आर्थिक वर्षमा लिइएका पुनरुत्थानका प्याकेजले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज सेजन ले यहाँ आज आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तरक्रियामा गभर्नर अधिकारीले सरकार र नेपाल राष्ट्र बैंकको सामूहिक प्रयासले अर्थतन्त्र छिटो पुनरुत्थान भएको बताउनुभयो । उहाँले आर्थिक पुनरुत्थान प्याकेजहरुको सकारात्मक प्रभावबाट निजी क्षेत्र पनि उत्साहित भएको उल्लेख गर्नुभयो । “अर्थतन्त्रको पुनरुत्थान निकै राम्रो भयो तर यसको चाप तरलतामा परेको देखिन्छ, तथापि अहिले पनि तरलता अभावका कारण कर्जा नै नपाइने हो कि भनेर चिन्तित हुनुपर्ने अवस्था छैन ढिलो चाँडो कर्जा पाउँछन,” उहाँले भन्नुभयो ।

राष्ट्रिय राजनीतिमा परिवर्तन तथा चाँडो सरकार फेरिने कारणले पनि तरलताको समस्या आएको गभर्नर अधिकारीको भनाइ छ । उहाँका अनुसार चालु आवयता ३५१ अर्ब कर्जा लगानी भएको छ । यो अवधिमा निक्षेप सङ्कलन रु एक खर्ब पनि पुगेको छैन जसका कारण तरलता अभाव भएको छ । अहिलेको अवस्थामा उत्पादनमूलक र उत्पादनशील क्षेत्रमा बैंकहरुले ऋण कर्जा उपलब्ध गराउनुपर्ने गभर्नर अधिकारीको धारणा छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले पूँजीगत खर्च बढाउन नसक्दा तरलताको अवस्था आएको भन्दै यसले शिक्षा र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पर्ने बताउनुभयो । उहाँले तरलता अभावले करिब ४५ लाख शेयर लगानीकर्तासमेत प्रभावित हुने खतरा औँल्याउनुभयो । कोभिड महामारीबाट अति प्रभावित पर्यटन तथा साना र मझौला उद्योग पुनरुत्थान कठिन हुने उहाँको भनाइ छ ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालले बैंकहरुको कर्जा व्यवस्थापनमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने खाँचो आँैल्याउनुभयो । उहाँले देशका कूल ७५३ स्थानीय तहमध्ये ७५० मा बैंकिङ सेवा पुगेको र बाँकी तीन तहमा पनि छिट्टै विस्तार गरिने लक्ष्य रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com