ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस अध्ययनरत विद्याथी सम्पर्कविहीन


एबीसी / संवाददाता
कार्तिक १४, २०७८ आईतबार  २ : ५४ बजे

काठमाडौँ । काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनी प्रहरीमा निवेदन परेलगत्तै खोजी सुरु गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिनुभयो । “कलेजबाट निस्केर गएको भन्ने छ, हामी खोज्दै छौँ, कारण पत्ता लागिसकेको छैन”, बस्नेतले भन्नुभयो ।

उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन् । शाहीका फुपुका छोरा ९नाताले दाई० पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गर्नुभयो । भदौ १७ मा हराएका उनका बारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशङ्का उब्जिएको उहाँले बताउनुभयो ।

खबर पाउने वित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो थियोे ।

“आज ५९औँ दिन भयो हराएको अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन, भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दौ छैन”, उहाँले भन्नुभयो, “बाध्य भएर मिडियामा आउनुपरेको छ ।” मल्लले आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको संस्थानले ध्यान नदिँदा शाहीको अवस्था अज्ञात बन्न पुगेको हो भन्नुभयोे ।“शाही असल विद्यार्थी हुन्, गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ, हामीलाई मान्छे चाहियो”, उहाँले जोड दिनुभयो ।

शाहीका साथीहरुले तपाईहरु छिटो आएर राजेशलाई निकाल्नुहोस्, हामीले देखेका छौँ भनेर खबर गरेको सुनाउँदै मल्लले अहिले विभिन्न बहाना निकालेर उसैमथि नै नैतिक प्रश्न खडा गर्ने अवस्था देखिएकोे मल्लको भनाइ थियो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताउनुभयो ।

उहाँले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकरी दिनुभयो । “उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्, कारण फेला पार्न सकिएको छैन”, प्रवक्ता पौडेलले भन्नुभयो । दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको र उनको खोजीका लागि प्रधानसेनापति प्रभूराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० ले समेत घटनाको अनुसन्धान गरिरहेको र सिआइवीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको पनि बताउनुभयो । परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com