ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको सेवा गर्नका लागि पार्टी गठन गरेका छौँ– अध्यक्ष नेपाल


एबीसी / संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।

आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताउनुभयो । स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उहाँले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हँुदा पार्टीपङ्क्ति बलियो हुने धारणा राख्नुभयो । राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गर्नुभयो । पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उहाँले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज यी ठाउँमा पानी पर्न सक्ने, बाढीपहिरोबाट सतर्क रहन अनुरोध

काठमाडौं, २३ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ

बुढीगंगामा आज पुनः मतदान हुँदै :मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी

बाजुरा, २३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान हुँदै छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना,

दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय

सम्बन्धित

आँपको मौसम

धुनिबेशीका नेता आचार्यको राजनीतिक इतिहास यस्तो छ

बीस वर्षदेखि ‘आगो’ मा खेल्ने राजकुमार

प्रतिनिधिसभाको बैठक स्थगित

भोलि संसद बैठक बस्दै, के छ कार्यसूची ?

संघर्षबाट सफलता प्राप्त गर्न सफल व्यक्तित्व सुर्यप्रसाद श्रेष्ठको अन्तरकथा (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com