ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को हुन् सुमन सायमी ?


केके मानन्धर

काठमाडौंका चर्चित राजनीतिक व्यक्तित्व सुमन सायमी को हुन् ? यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ। सुमन सायमीकालीमाटीका निवासी जीवन मानन्धरका जेठा छोरा हुन्। जीवन मानन्धरलाई काठमाडौंका अधिकांशले ‘जीवन दाइ’ भनेर चिन्थे। उनीको मिठाई पसल ‘स्वीट केव’ अझै पनि चर्चित छ। यो पसलमा बसेर थुप्रै राजनीतिक योजना बुनेका थिए, सामाजिक सेवाका कार्यक्रमहरू तयार भएका थिए। जीवन दाइको उदार स्वभाव, राजनीतिक नेताहरूलाई संरक्षण दिने, सहयोग गर्ने र आवश्यक परे जे पनि गर्ने बानीले सबैलाई आश्चर्यमा पार्थ्यो। धेरैले उनलाई नेताहरूका लागि यति धेरै नगर्नु भनेर सम्झाए पनि, उनी आफ्नो बाटोमा लागिरहन्थे।

२०४६ सालको आन्दोलनको समयमा पनि जीवन दाइले जोखिम मोल्दै कालीमाटीको व्यस्त बजारमा रहेको आफ्नो घरमा अहिलेका शीर्ष नेताहरूलाई आश्रय दिएका थिए। अर्धभूमिगत आन्दोलनका क्रममा कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक गराउन सहयोग गरेका थिए। पार्टीका लागि उनी जे पनि गर्न तयार थिए। तर, आफ्ना लागि भने कहिल्यै केही मागेनन्। विद्युत् कर्पोरेसनमा जागिरे रहेका आफ्ना भाइले सहयोग माग्दा पनि उनले ‘आफ्नै बलबुताले गर्नुपर्छ’ भनेर अस्वीकार गरेका थिए। पार्टी फुटेको खबर सुन्दा उनी रोएका थिए, जसको संस्मरण उनका साथी जनज्योति श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।

सुमन सायमी आफ्ना बुवाको पदचाप पछ्याउँदै राजनीतिमा लागेका छन्। बुवासँगै राजनीतिमा होमिएकाहरू ठूला पदमा पुगे, तर जीवन दाइ इमान, त्याग र उदारताका कारण काठमाडौंवासीको मनमा जीवित छन्। सुमनले पनि विभिन्न आन्दोलनमा भाग लिएका छन्। सन् २००१ मा बालाजु सडक विस्तारको विरोध गर्दा उनी गिरफ्तार भएका थिए। प्रहरी हिरासतमा मातृभाषा नेपालभाषा बोल्दा उनलाई अपराधी सरह व्यवहार गरिएको थियो। खोला मापदण्ड पीडित, गुठी र भूमि पीडितहरूको पक्षमा उनी सधैं आन्दोलनमा सक्रिय रहे। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नै उनलाई पटक-पटक कारागार पठाएको थियो, जुन निन्दनीय छ।

सुमन सायमीले गैरन्यायिक सडक विस्तार संघर्ष समितिका संयोजक भएर काम गरेका छन्। उनी खोला मापदण्ड, गुठी, सहकारी, लघुवित्त र भूमि पीडितहरूको पक्षमा सधैं बोलिरहेका छन्। जीवन दाइले जस्तै उनी पनि व्यक्तिगत लाभका लागि राजनीति गर्दैनन्।

पछिल्लो समयमा सुमनसायमीले राजनीतिक चुनावहरूमा भाग लिएका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहसँग प्रतिस्पर्धा गरेका थिए। उनी स्वतन्त्र उम्मेदवारका रूपमा १३,७७० मत प्राप्त गरेका थिए। त्यसपछि २०७९ कै प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग हारे पनि उनी ६,१७९ मत ल्याएर दोस्रो भएका थिए। एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो भएका थिए।

सुमन सायमी किन राजनीतिमा आए ? सुरुमा फोहोर राजनीतिबाट टाढा बसेका उनी बुवाको राजनीतिक विरासतबाट प्रभावित भए। ‘हामीले नगरे कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ?’ जस्ता प्रश्नहरूले उनलाई राजनीतिमा ताने। उनी नागरिकको आवाज बोल्ने नेतालाई सत्तामा पुर्याउन राजनीतिमा आएका हुन्। बहुल राष्ट्रियताको अस्तित्वलाई स्वीकार्य बनाउने, स्वदेशवादको विचार स्थापित गर्ने, उच्च नैतिकता र स्वभूमिको रक्षाका लागि उनी सक्रिय छन्। दमनको अन्त्य गर्दै उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि उनी प्रतिबद्ध छन्।

केवल आन्दोलनले मात्र समस्याको समाधान नहुने ठानेर उनी नीति निर्माण तहमा पुग्न राजनीतिमा लागेका हुन्। सरकारी संरचनामा पुगेर संस्कृति, सम्पदा र सभ्यताका मुद्दाहरू उठाउने उनको लक्ष्य छ। दशकभन्दा बढी समयदेखि नागरिकका पीडामा मल्हम लगाउँदै आएका सुमन मुद्दाको राजनीतिमा विश्वास गर्छन्।

(यो लेख अभियन्ताबाट राष्ट्रिय राजनीति सुरु गरेका नेपाली कम्युनिस्ट पार्टीका नेता सुमन सायमीसँगको अन्तरक्रियामा आधारित छ।)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

अमेरिकी साम्राज्यवाद र नेपालका कथित जेन–जी अगुवा

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

शासन परिवर्तनको समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com