ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्डविपरीतका ग्यास उद्योगलाई खारेज गरिने


sharan sharan

काठमाडौं,२१ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) चिह्न नलिई मापदण्डविपरीच सञ्चालित ग्यास उद्योग खारेजीको तयारी गरेको छ। यसबारे विभागले नेपाल आयल निगमलाई पत्राचारसमेत गरेको छ।

निगमलाई पत्राचार गरी नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार गत वर्षको कात्तिकमा तीन महिनाभित्र नेपाल गुणस्तर चिह्न लिएर सञ्चालन गर्न सूचना प्रकाशित गरे पनि हालसम्म सो सूचनाको कार्यान्वयन नगरेका उद्योगलाई कारबाही गर्न आग्रह गरेको हो।

हाल देशभर ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन् तर तीमध्य ४ वटाले मात्र मापदण्ड पूरा गरेका छन्। विभागका अनुसार मनोज ग्यास वीरगन्ज, नेपाल ग्यास काठमाडौँ, श्रीकृष्ण ग्यास धादिङ र साइबाबा ग्यास चितवनले मात्र गुणस्तर चिह्न प्राप्त गरेका छन्।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड विपरीत सञ्चालन गर्दा असुरक्षित भई जनसाधारणलाई क्षति पुग्ने भएकाले अनिवार्य रुपमा एनएस चिह्न लिई सञ्चालन गर्न आग्रह गर्दै पत्राचार गरिएको जानकारी दिए। ुएनएस प्रमाणपत्र प्राप्त उद्योगहरु मात्र सञ्चालन गर्न पाउने कानुनी प्रावधान छ,ु उनले भने, ुयसलाई पालना गर्नका लागि हामीले नेपाल आयल निगमलाई पत्राचार गरेका हौँ।

सिलिन्डर किच्चिएको पाइने तथा फुट्ने, ग्यास लिक हुने जस्ता घटना दोहोरिइरहे पनि उद्योगले सतर्कता अपनाउने गरेका छैनन्। गुणस्तर मापदण्ड पालना नगर्नेलाई ६ महिना र ३ हजार जरिवानाको व्यवस्था छ। दुर्घटनाबाट धनजनको क्षति बढेपछि आयल निगमले एलपी ग्यास विनियमावली २०६५ र एलपी ग्यास ढुवानी विनियमावली २०७३ समेत जारी गरेको छ। ती विनियमाली अनुसार कम्पनीले सिलिन्डर बेच्दा हाइड्रोलिक परीक्षण गरेको हुनुपर्ने, परीक्षण गराएको मिति उल्लेख गर्नुपर्ने हुन्छ। बिक्री गर्न राखिएको ठाउँसमेत निकै सुरक्षित हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका विरोधी नीतिका लागि ब्रिक्स राष्ट्रलाई थप १० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की

राम नेपालमै जन्मिएका हुन् भन्न डराउनुपर्दैन – प्रधानमन्त्री

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

हंसपुर नगरको पूर्व उपमेयरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

एमालेसँग एकता गर्ने नीति र सोच छैन- माओवादी केन्द्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com