ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कब्जियत हुन्छ ? सजिलै यसरी हटाउनुस्


एबीसी / संवाददाता

काठमाडौँ, १८ भदौ:
कब्जियत अहिले प्राय सबै मानिसको साझा स्वास्थ्य समस्या हो। कब्जियतले पेटमा केही गडबढी भएको संकेत गर्छ। सबै उमेर समूहका मानिसमा देखिने यस समस्याबाट विशेषगरी बृद्धबद्धा पीडित छन्। कब्जियतबाट बच्ने विज्ञका केही टिप्स यस प्रकार छन्।

कब्जियत हुनुका कारणहरूः

– कब्जियत हुनुको मुख्य कारण खानामा कार्बोहाइड्रेट ९भात, रोटी, ढिँडो०को मात्रा बढी हुनु, रेशा र छोक्राबोक्रासहित प्राकृतिक आहार नुहुनु हो।

– मैदाबाट बनेका, चिल्लो, तारे, भुटेका, पिरो, बढी मरमसला, गरम मसला, खुर्सानी र नुन खानाले।

– भारी खानाहरू माछा, मासु, अण्डा, दुग्ध पदार्थ बढी खानाले।

– धेरैचोटी, छिटोछिटो, राम्ररी नचपाई र बीचबीचमा कुचुकुचु खाने बानीले।

– जंक फुड, फास्ट फुड, बढी गर्मी गराउने खाना, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थ आदि धेरै खानाले।

– चुरोट, खैनी, जाड, रक्सी जस्ता नशाजन्य पदर्थ खानाले।

कब्जियतबाट बच्ने विज्ञका केही टिप्स

१ प्रशस्त पानी पिउने
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण औषधि हो। प्रशस्त पानी र तरल पर्दाथयुक्त खाना खाँदा कब्जियतबाट बच्न सकिन्छ। तर, पानीको नाममा सोडा पानी वा अन्य पेय पर्दाथ पिउनु कब्जियतको समाधान होइन।

२ फाइबरयुक्त खाना

जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खानेकुरा पोषिलो मात्र होइन यसले कब्जियतबाट पनि जोगाउँछ।

३ फलफुल तथा सागसब्जी

ताजा फलफुल तथा सागसब्जीमा प्रशस्त फाइबर र तरल पर्दाथ हुने भएकोले हाम्रो समग्र पाचन पक्रियालाइ फाइदा गर्छ। प्रशस्त हरियो सागसब्जी र ताजा फलफुल खाँदा कब्जियत नै हुदैन।

४ गेडागुडी

भिटामिन र प्रोटिनयुक्त गेडागुडी नियमित सेवन गर्दा स्वभाविक रुपमा कब्जियत देखिदैन।

५ उखुको जुस र मह
उखुको जुस, खुदो र मह कब्जियत मुक्त गर्ने खानेकुरा हुन् । उखुको रसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधीको काम गर्छ ।

६ व्यायाम

उठबसलगायतका शारीरिक व्यायायमले पनि कब्जियत समस्या अन्त्य गर्ने विज्ञहरु बताउँछन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

साइकलवाला पत्रकार बनेपछि फुर्ति नै अर्को भयो – वरिष्ठ पत्रकार भैरव रिसाल (भिडियो)

अमेरिकामा पढेका जोर्डनका युवराज र साउदी युवतीबीचको विवाहको विश्वभर यसकारण चर्चा

छालाको सुरक्षा कसरीगर्ने सौन्दर्यबिद अनिलकुमार भट्ट के भन्नुहुन्छ

पिसाब चुहिने समस्या र उपचार

घरको भर्याङ कस्तो हुनुपर्छ 

तीतो मेथी र करेलाका मीठा गुण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com