ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो शरीरमा भिटामिन डी को अभाव हुँदा देखिने यि पाँच संकेत


एबीसी / संवाददाता

काठमान्डौ १७ भदौ:

मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पी(डित हुनुपर्छ ।

तपाईं–हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ । शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन् जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ । हेर्नुहोस् शरीरमा भिटामिन डीको कमी हुदाव देखिने यी पाचँ संकेत

१ दुखाइ शरीरमा रहेको हड्डीमा कहिलेकाहीँ दुखाइ हुनु असामान्य होइन । विभिन्न कारणले हड्डी दुख्न सक्छ । यो सबै उमेरका मानिसमा हुन सक्छ तर, अरू कारणले हुने यस्ता दुखाइ चाँडै हटेर जाने गर्छ । लामो समयसम्म रहने हड्डीको दुखाइ भने शरीरमा भिटामिन डीको कमीका कारणले भएको हुन सक्दछ । यदि यस्तो समस्या देखिएमा शरीरमा भिटामिन डीको अवस्थाको परीक्षण गर्नुपर्छ ।

२ पसिना धेरै आउनु गर्मीको समयमा हामी सबैलाई पसिना आउँछ । कुनै काम गर्दै गर्दा, खेल खेल्दा वा जिममा शारीरिक व्यायाम गर्दा पसिना आउनु सामान्य हो । यस्तो समय आउने पसिनामा चिन्ता गर्नुपर्दैन । तर, यदि यत्तिकै बस्दा पनि वा सामान्य अवस्थामा पनि पसिना आउँछ भने त्यसको ख्याल गर्नुपर्छ । शरीरमा भिटामिन डीको कमीका कारण पनि यस्तो समस्या भएको हुन सक्छ । यदि त्यस्तो समस्या भयो भने डाक्टरको सम्पर्कमा जान आवश्यक छ ।

३ डि(प्रेसन यदि शरीरमा भिटामिन डीको धेरै कमी भएको छ भने मुडलाई समेत असर गर्न सक्छ । यस्तै, भिटामिन डीको कमीकै कारण डि(प्रेसन हुन पनि सक्छ । यदि समयमै यसको उपचार नगरिए यसले अरू ठूलो समस्या निम्त्याउन पनि सक्छ । त्यसैले शरीरमा भिटामिन डीको अवस्थाबारे नियमित परीक्षण गरिरहनुपर्छ ।

४ अनपेक्षित कमजोरी शरीरमा भिटामिन डीको कमी भएको छ भने पनि अनपेक्षित रूपमा कमजोरी महसुस हुने गर्छ । शरीरको मसल्स फिट राख्न शरीरमा भिटामिन डी पर्याप्त हुन आवश्यक छ । यसले सामान्य चेटपटकबाट समेत बचाउँछ । अध्ययनहरूले यो देखाएको छ कि थप भिटामिन डी लिँदा भिटामिन डीकै कमीका कारण कमजोर भएको मसल्स ६ महिनामै फेरि पुरानै अवस्थामा फर्कनेछ ।

५ कमजोर हड्डी भिटामिन डीले मानव शरीरमा रहेको हड्डीलाई बलियो र स्वस्थ्य बनाइराख्ने काम गर्छ । यदि शरीरको कुनै पनि हड्डी भाँ(च्चियो भने, सम्झनुहोस् शरीरमा भिटामिन डीको कमी भएको छ । शरीरमा भिटामिनट डीको कमी भएका कारण हड्डीमा यस्तो समस्या आउन सक्छ । वृद्धवृद्धाहरूमा यो समस्या अझै बढी हुन सक्छ । विशेष गरी बढी उमेरका मानिसले शरीरमा भिटामिन डीको मात्रा आवश्यकअनुसार रहे–नरहेको निश्चित गर्न आवश्यक छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com