ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नतिजा सच्याउन माग गर्दै आयोगलाई साँचो बुझाइयो


एबीसी / संवाददाता

काठमाडौं । चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ एशियापूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् ।

आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढङ्गले कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराउँदा कलेजले विद्यार्थी नपाएको भन्दै आज सानोठिमीस्थित आयोगमा पुगेर साँचो बुझाएका हुन् । सङ्घका अध्यक्ष यामप्रसाद अधिकारी, कलेज सङ्घ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष जीवनप्रकाश शर्मा र ओपन ९पोखरा विश्वविद्यालय०का अध्यक्ष नवराज पाण्डे नेतृत्वको टोलीले आयोगका उपसचिव तथा सूचना अधिकारी सेमन्तराज कोइरालालाई ६० वटा कलेज बन्द गरी उक्त कलेजका साँचो बुझाएका हुन् । आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी अनुपस्थित भएपछि साँचो उपसचिव कोइरालालाई बुझाइएको सङ्घका अध्यक्ष अधिकारीले बताउनुभयो । साँचो बुझ्दै आयोगका उपसचिव कोइरालाले आफू साँचो ग्रहण गर्ने माध्यम मात्र भएको र माग आयोग नेतृत्वसमक्ष पु¥याउने बताउनुभयो ।आयोगका उपाध्यक्षलाई सम्बोधन गर्दै साँचो बुझिदिन लेखिएको ध्यानाकर्षणपत्रमा शैक्षिक सत्र २०७७÷२०७८ मा आयोगले लिएको प्यारामेडिक्सको प्रवेश परीक्षामा विभिन्न विश्वविद्यालयले अपनाउने प्रवेश परीक्षाको विधिअनुसार न्यूनतम ३५ प्रतिशत उत्तीर्ण ल्याएका विद्यार्थीलाई योग्यताक्रम मेरिट बेसिसका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

यसैगरी कोभिड–१९ को महामारी र एउटै ऐनबाट स्थापित तथा एउटै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सरकारी र निजी कलेजमा सिट निर्धारण गर्दा सरकारी कलेजमा सिट यथावत् राखी निजीको सिट शून्य गरिएकामा अविलम्ब सिट निर्धारण गरिदिन अनुरोध गरिएको छ । आयोगले लिएको प्रवेश परीक्षामा चिकित्सा शिक्षा सङ्कायअन्तर्गतका उत्तीर्ण विद्यार्थी सोही सङ्कायअन्तर्गतका अन्य विषयमा भर्ना हुनेगरी कार्यविधिमा सच्याउनसमेत माग गरिएको छ ।

सङ्घका अध्यक्ष अधिकारीले स्वास्थ्य शिक्षातर्फका कलेज चिकित्सा शिक्षा ऐन आएपछि बन्द हुने अवस्थामा पुगेको भन्दै निजीस्तरबाट सञ्चालित कलेजमा विद्यार्थी नदिई सुनियोजित ढङ्गबाट बन्द गर्ने षड्यन्त्र गरिएको बताउनुभयो । उहाँले शुल्क निर्धारण आयोगले अनुगमन गर्ने, सिट निर्धारण गर्ने तथा प्रवेश परीक्षा आयोगले लिने तर आयोगले निर्धारण गरेको सिट सङ्ख्या पुग्ने गरी प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण नगराई सबै निजी कलेजमा विद्यार्थी नदिई सुनियोजित ढङ्गबाट कलेज बन्द गराउने षड्यन्त्र गरिएको बताउनुभयो ।
सङ्घसङ्गठनले चिकित्सा शिक्षा ऐन र नियमावलीमा कहीँ पनि प्रवेश परीक्षामा उत्तीर्ण प्रतिशत उल्लेख नभएका अवस्थामा प्रवेश परीक्षा समितिका नाममा स्वविवेकीय सोचबाट, प्रवेश परीक्षा दिने विद्यार्थीले भनेअनुसार कठिन प्रश्नपत्र बनाई ५० प्रतिशत ल्याउन बाध्यकारी कार्यविधि बनाई लगभग सबै विद्यार्थी अनुत्तीर्ण गराउने काम आयोगबाट भएको ठहर गरेका छन् ।

अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनःविचार गर्नुपर्ने बताउनुभयो । उहाँले कोटाअनुसार विद्यार्र्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको बताउनुभयो । यसअघि त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले आआफ्ना कलेजलाई मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा दिने गरेका थिए । प्रवेश परीक्षामा कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यावहारिक नहुने उनीहरुको जिकिर छ । आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए । ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८८३ परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए । बिपिएचमा एक हजार ४२० कोटामा ५६५, बिएस्सी नर्सिङमा एक हजार १०० कोटामा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका थिए । यस्तै फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटामा ११४, बिएस्सी एमआइटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५ र बिएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

सेरेना विलियम्स पहिलाे चरणमै रादुकानुसँग पराजित

प्रचण्डका घरबेटी शारदा अधिकारीको ठेक्का रद्द गर्न बाटो खुल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com