काठमाडौं । सोमबार देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको देखिन्छ। न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ ।आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्