काठमाडौं । तालिवान समूहले सत्ता कब्जा गरेसंगै अफगानिस्तानमा अलपत्रमा परेका ८६० नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो सांझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।
सम्पर्कमा आएका बा“कीको उद्धार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालीको उद्धारका लागि मित्रराष्ट्रहरूसंग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्