ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीलाई सङ्घर्षका कार्यक्रम स्थगित गर्न प्राधिकरणको आग्रह


एबीसी / संवाददाता
भाद्र ५, २०७८ शनिबार  ४ : ३७ बजे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले आन्दोलनरत प्राधिकरणभित्र क्रियाशील कर्मचारी ट्रेड युनियनलाई सङ्घर्षका कार्यक्रम स्थगित गर्न अनुरोध गरेको छ ।

प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलनरत सम्पूर्ण क्रियाशील कर्मचारी युनियन, पेसागत सङ्घ÷सङ्गठन तथा आम कर्मचारी वर्गमा सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो । प्रतिनिधिसभाको सम्बन्धित समितिमा विधेयकहरुका सम्बन्धमा छलफल हुँदा युनियनलाई आम कर्मचारीको सरोकारका विषयमा आफ्नो धारणाहरु राख्ने अवसर प्राप्त हुने हुँदा हाल संसद्को अधिवेशन अन्त्य भएको समयमा तालाबन्दीलगायत विरोध कार्यक्रम गर्नु उपयुक्त नरहेको प्राधिकरणको भनाइ छ ।

कर्मचारी युनियनले यसलाई सकारात्मक रुपमा लिई आन्दोलन फिर्ता लिने वातावरण बनेको अवस्थामा समेत महानिर्देशकको सचिवालयमा तालाबन्दी गरी विरोधका कार्यक्रम जारी राखिएको भन्दै प्राधिकरणले यसबाट नागरिक उड्डयन क्षेत्रका वायु सेवा कम्पनी तथा अन्य सरोकारवालाको अत्यावश्यक काममा समेत बाधाअड्चन उत्पन्न भइरहेको जनाएको छ । प्राधिकरणलाई विभाजन गरी नागरिक उड्डयन क्षेत्रको नियमनकारी कार्य तथा सेवा प्रदायक कार्य ९विमानस्थल सञ्चालन र एयर नेभिगेसन सेवा० लाई दुई छुट्टाछुट्टै संस्थाहरु क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण नियामक निकाय र नेपाल हवाई सेवा प्राधिकरण ९सेवा प्रदायक निकाय० मार्फत सञ्चालन गर्ने गरी विसं २०७६ फागुन ११ गते सङ्घीय संसद्मा दुई विधेयक प्रस्तुत भएको थियो ।

उक्त दुवै विधेयक गत साउन १८ गते राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको छ । सोही विषयलाई लिएर प्राधिकरणमा क्रियाशील विभिन्न कर्मचारी युनियनहरुले गत साउन २५ देखि विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरुले महानिर्देशकको कार्यकक्षअगाडि धर्ना दिँदै महानिर्देशकको सचिवालयमा तालबन्दी गरी विरोधका विविध कार्यक्रम गरिरहेका छन् । प्राधिकरण विभाजनको विषय हठात आएको विषय नभई लामो समयदेखि सरकारको नीति तथा कार्यक्रममा पर्दै आएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ । प्राधिकरणमा भइरहेको पछिल्लो गतिविधिप्रति हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव, प्राधिकरणका महानिर्देशक, त्रि।अ। विमानका महाप्रबन्धक, विमानस्थल सुरक्षा प्रहरी प्रमुख तथा विरोध कार्यक्रम सञ्चालन गरिरहेका कर्मचारी युनियनका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

कर्मचारीले सरोकारवाला विषयमा प्रतिनिधिसभा अन्तर्गतको पर्यटन तथा नागरिक उड्डयनसँग सम्बन्धित समितिमा हुने छलफलमा सहभागी गराउन अनुरोध गर्ने सहमति भएबमोजिम महानिर्देशकले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र लेखी सोको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र पर्यटन मन्त्रालयलाई दिई सबै कर्मचारीलाई जानकारी गराइएको र युनियनले पनि सो विषयलाई सकारात्मक लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

RSP’s 182 MPs: From Experts to Marginalized Voices, Old Politics to New Generation

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com