काठमाडौं । सभामुख अग्नि सापकोटाले नेकपा एमालेका नेताहरू बिहीबार संसदीय मर्यादा नाघेर प्रस्तुत भएको प्रतिक्रिया दिनुभएको छ ।सभामुख सापकोटाले आफू निकटहरूसँगको परामर्शमा एमाले सांसदहरू आफ्नै कार्यकक्षमा आएर अमर्यादित, असंसदीय गतिविधि गरेको बताउनुभएको हो । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सापकोटाले आफूमाथि गरिएको व्यवहार अमर्यादित र संसदीय चरित्रको नभएको बताउनुभएको जानकारी दिनुभयो ।
बिहीबार एमालेका माधव नेपाल सहितका १४ नेतालाई छिटो पदमुक्त गनुपर्ने भन्दै एमाले सचेतक विशाल भट्टराई सहित १४ नेता सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबार पुगेका थिए । बिहीबार विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टाको अवधिमा एमाले सांसदहरुले सभामुख सापकोटालाई तत्काल कारवाही प्रक्रिया नगरे बल प्रयोग गर्न बाध्य हुने जस्ता चेतावनी दिँदै चर्काचर्की गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजै दिएको अभिव्यक्ति समेत मर्यादित नभएको न्यौपानेले बताउनुभयो ।
सभामुख सापकोटालाई आज पनि माधव नेपाल सहितका १४ नेतामाथि कारवाही प्रक्रिया छिटो अघि बढाउन माग गर्दै सचेतक शान्ता चौधरी, महेश बस्नेतसहितका टोली सिंहदरबार पुगेको थियो । तर सभामुख सापकोटा नआएपछि सो टोली फर्किएको थियो । आज सभामुखको निर्धारित कार्यक्रम भउकाले उहाँ उक्त समयमा उहाँ सिंहदरबार नजानुभएको न्यौपानेले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्