काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वागमती प्रदेश संसदीय दलको नेता चयन हुनुभएको छ ।मुख्यमन्त्रीसमेत रहेका दलका नेता डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई नेता चयन गरिएको हो । एमाले वागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले शाक्यलाई दलको नेता चयन गरेको एक सांसदले बताए ।
एक सय नौ सदस्यीय बागमती प्रदेशसभामा एमाले एक्लैको बहुमत छ। एमालेका ५५ जना प्रदेशसभा सदस्यहरु छन ्। वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको तयारी गरेपछि उनलाई कमजोर बनाउने गरी वागमतीमा दलको नेता परिवर्तन गरिएको हो । शाक्य यसअघि नेता नेपालको समूहमा हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्