काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताउनु भएको छ । अध्यक्ष दाहालले ओलीको नाम नलिईकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनुपरेको बताउनु भयो । सहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडा“डामा आयोजित एक कार्यक्रममा बोल्दै उहा“ले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृत्तिलाई बढावा दिएर अरुलाई पनि सच्याउने बाटोबाट अघि बढ्ने संकल्प लिएका बेला आफूहरुले पार्टीभित्रैको निरंकुश प्रवृतिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गरेको पनि दोहो¥याउनु भयो ।
अध्यक्ष दाहालले आफैभित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गर्नु भयो । नया“ सन्दर्भमा कम्युनिष्ट क्रान्तिहरुलाई एकतावद्ध गर्दै लोकतान्त्रिक शक्तिहरुस“गको सहकार्यमा मुलुकलाई अघि बढाउनपर्ने अवस्था आएकाले पार्टीले सोही अनुसारको बाटो लिएर अघि बढनुपर्ने अवस्था रहेको उहा“को भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्