काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
आजको बैठकमा समूहगत रुपमा तयार गरिएको सुझाव प्रस्तुत गर्ने र सोमाथि छलफल गर्ने कार्यक्रम छ । यसअघि केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा विभाजन गरी पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल गराइएको थियो । आजको बैठकमा सबै समूहहरुबाट छलफलको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
शनिवारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुुत गर्नुभएको बैठकको एजेन्डा पारित गरिएको छ । आजको बैठकले समूहगत रुपमा आएको सुझावका आधारमा प्रतिवेदनलाई संशोधन गरिनेछ । सम्भव भएसम्म बैठक आजै अन्त्य गरिने छ । हिजोको बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो । यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा समेत छलफल भएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्