काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पदबाट राजीनामा दिनुभएको छ । आफूलाई नियुक्त गर्ने केपी अोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिनुभएको हुो । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा बुझाउनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।
३ वर्षे कार्यकाल पूरा गरेका विष्टले सन्चार मन्त्रालयसमेत सम्हालिरहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको जानकारी गराउनुभएको थियो । राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उहांले बताउनुभयो ।पदबाट राजीनामा दिएकोमा देउवाले विष्टलाई धन्यवाद दिनुभयो । राजिनामालगत्तै नेपाल टेलिभिजनको कार्यालयमा पुगेर विष्टले कर्मचारीलाई सम्बोधन गर्दै बिदाई लिनुभएको हो।
प्रतिक्रिया दिनुहोस्