ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकार ! तुइन विस्थापन गरियोस्’


एबीसी / संवाददाता
श्रावण १९, २०७८ मंगलबार  ५ : ४४ बजे

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् । बैठकको विशेष समयमा उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् ।

नेपाली कांग्रेसका दिलेन्द्र बडूले भन्नुभयो, “पूर्वप्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन रु तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ । दार्चुला घटनाबारे राजनीतिक ढाकछोपभन्दा पनि निष्पक्षरुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।” यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भएको दुर्घटनामा स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् । नेकपा एमाले का डा सूर्यप्रसाद पाठकले दार्चुला घटनाबारे नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्न नसकेको भन्दै दुःख व्यक्त गर्दै घटनाबारे निष्पक्ष छानबिनको माग गर्नुभयो ।

नेकपा माओवादी केन्द्र का सुरेन्द्रकुमार कार्कीले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्न सरकार, राजनीतिक पार्टी र नेतालाई अनुरोध गर्नुभयो । जनता समाजवादी पार्टीका सांसद रामबाबुकुमार यादवले नागरिकता विधेयक कहाँ पुग्यो भनी प्रश्न गर्नुभयो । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले आव २०७८/०८९ ले गरिब, मजदूर किसानलाई समेट्न नसकेको बताउनुभयो । एमाले का विन्दा पाण्डेले दार्चुला जिल्ला घटनाबारे सत्यतथ्य छानबिन गरी यथाशीघ्र संसद्मा जानकारी गराउन माग गर्नुभयो । नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे छानबिनको माग गर्नुभयो । नेकपा माओवादी केन्द्र का गजेन्द्रबहादुर महतले राजनीतिक दलका नेताहरु जनताको समस्याभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाउनुभयो ।

जनता समाजवादी पार्टीका लिलादेवी सिटौलाले कोरोना खोप वितरणमा असमानता भएकाले समानरुपमा वितरण हुनुपर्छ भन्नुभयो । ९एमाले० का शेरबहादुर तामाङले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइप्रति संसद्को ध्यानाकर्षण गराउनुभयो । उहाँले सिन्धुपाल्चोक जिल्लामा भएको बाढी पहिरोले पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसका प्रमिला राईले ज्येष्ठ नागरिकलाई दोस्रो चरणको खोपको व्यवस्था गर्न माग गर्नुभयो । एमाले का गङ्गा चौधरी सत्गौवाले राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिनुभयो । एमाले का पवित्रा निरौलाले देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा र बलात्कारका घटना अन्त्यका लागि प्रभावकारी रुपमा काम गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टुँडिखेलमा सेनाको घोडेजात्रा

थिति बसाल्ने संकल्प र नागरिक करारको राजनीति, रास्वपाको ‘वाचा पत्र २०८२’, निर्वाचन परिणाम र जनअपेक्षाको नयाँ अध्याय

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com