ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाहँदाचाहँदै पनि किन बस्दैन गर्भ


एबीसी / संवाददाता

 

काठमान्डौ १७ साउन
सामान्यतया दम्पतीले एक वर्षसम्म परिवारनियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्ने गरिन्छ ।

बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन्। प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्कोपटक बच्चा बसेको हुँदैन । कुनै बाँझोपन जन्मैदेखि हुन्छ भने कुनै पछि मात्र हुने गर्छ।

जन्मैदेखि हुने प्राइमरी बाँझोपनमा पाठेघर नहुने, डिम्बाशयको विकास राम्रोसँग नहुने, पाठेघरको इन्फेक्सन भएर ट्युब ब्लक भएर हुने, उमेर कटेर डिम्बाशयमा अण्डा नै कम हुने तथा श्रीमान्को शुक्रकीट नै कम हुने अथवा शुक्रकीट नहुनेजस्ता कुराहरू पर्छन्।

गर्भ नबस्ने अर्थात बाँझोपन हुनुमा महिलाकै कमजोरी देखाउने नेपाली समाजको मान्यता अझै कायम छ।

गर्भ नबस्ने एउटा प्रमुख कारण हो, पुरुषको शुक्रकिटमा खराबी या अभाव हुनु पनि हो। त्यसैगरी, महिलामा डिम्ब नबन्नु, बाँझोपन हुनुको अर्को मुख्य कारण हो । पुरुषको शुक्रकिटमा खराबी र महिलाको डिम्ब नबनेर बाँझोपन हुने समस्याको दर बराबर देखिएको छ।

एउटा राम्रो बच्चा बस्नका लागि महिनावारीको बीचको समयमा अथवा महिनावारी भएको १४ देखि १८ दिनको बीचमा कुनै एउटा अण्डा बन्छ उक्त अण्डा डिम्बाशयबाट फुट्छ । फुटेको अण्डा ट्युबमा जान्छ र त्यहाँ बस्छ, त्यसै समयमा दम्पतीबीच शारीरिक सम्बन्ध हुन्छ भने ट्युबमा शुक्रकीट र अण्डको मिलन हुन्छ र बच्चा बन्छ ।

उक्त बच्चा करिब ४ देखि ५ दिनको समयान्तरमा पाठेघरमा आएर बस्छ । यो प्रजननको सामान्य प्रक्रिया हो । यदि डिम्बाशयमा अण्डा कम छ तथा डिम्बाशयमा कुनै पनि रोग छ भने बच्चा बस्दैन । साथै, ट्युब ब्लक भएको छ भने पनि बच्चा बस्दैन । पाठेघरमा फ्याबरोइट अथवा मासु पलाएको छ भने पनि बच्चा बस्दैन । कुनै पनि मानिसलाई थाइराइटको समस्या छ भने पनि बच्चा बस्दैन ।

स्त्रीरोग विशेषज्ञको परामर्शमा विभिन्न परीक्षण गरेपश्चात तथा एक विशेष टेस्ट इएमएचको परीक्षण गरेपश्चात सम्पूर्ण कुरा पत्ता लाग्छ ।

इएमएच परीक्षणले डिम्बाशयमा कति अण्डा छ तथा महिलामा गर्भाधारणको क्षमता कति छ भनी पत्ता लाग्छ । कुनै महिलामा कमै उमेरमा पनि डिम्बाशय छिटै सुक्छ, जसले अण्डा उत्पादन हुन सक्दैन । अण्डा उत्पादनलाई बढाउन मिल्दैन । कुनै पनि स्त्रीमा जन्मैदेखि सीमित मात्रामा अण्डा उत्पादन हुन्छ । उक्त अण्डा कसैको छिटो नै सकिन्छ भने कसैको ढिलो सकिन्छ । कसैको अण्डा ४५ वर्षसम्म पनि रहन्छ भने कसैको ३५ वर्ष नपुग्दै बन्द हुन सक्छ ।

कसैको पाठेघरमा फोहोर पानी बग्ने समस्या थियो र त्यसको उपचार नभएर तथा विभिन्न प्रजननरोगको उपचार नभएर पनि अण्डा उत्पादनमा कमी आउने गर्छ । अल्ट्रासाउन्ड गरेर पाठेघरमा के–कस्ता समस्या छन् पत्ता लगाउन सकिन्छ । श्रीमान्को शुक्रकीट परीक्षण गरेर पनि कतिपय कुरा थाहा पाउन सकिन्छ । साथै, हर्मोन परीक्षण गरेपछि मात्रै हामी एउटा निष्कर्षमा आउने गर्छौं । त्यसपश्चात् मात्रै बिरामीको कहाँ गडबडी छ भन्ने पत्ता लाग्छ ।

कुनै पनि दम्पतीमा शारीरिक सम्बन्धका लागि उपयुक्त समय नमिलेर बच्चा नभएको हुन सक्छ । कतिपय अवस्थामा थुप्रै अण्डा हुँदाहुँदै पनि अण्डा नबनेको कारण बच्चा हुँदैन । त्यस्तो अवस्थामा बिरामीको तौल अस्वाभाविक बढ्ने तथा कपाल छिटो–छिटो बढ्नेलगायत समस्या देखापर्ने गर्छन् । यस्तो अवस्थामा चिकित्सकले अण्डा बनाउनका लागि उपचार गर्ने गर्छन्।

यस्तो समस्यामा हामीले उपचारका क्रममा अण्डा दिने गर्छौं । यस्ता समस्या भएका बिरामीले खानाको मात्रा घटाउनुपर्ने हुन्छ । कुन कारणले बाँझोपनको समस्या आएको हो, त्यसैको उपचार गर्दा बच्चा हुन्छ । त्यसैगरी महिनावारीको दुई दिनमा एउटा अल्ट्रासाउन्ड गरेर डिम्बाशय ठिक छ कि छैन भनी पत्ता लगाइन्छ । त्यसैगरी महिनावारी भएको ७ अथवा ८ दिनदेखि डिम्बाशयको अल्ट्रासाउन्ड गर्दै गएर अण्डा कति बढ्दै गयो भनी पत्ता लगाउन सकिन्छ ।

उक्त समयमा अण्डा फुट्ने सुई दिने, सोही समयमै शारीरिक सम्बन्ध राख्न लगाएमा यस्तो प्रकारको बाँझोपनको समस्या हल हुन सक्छ । यो उपचार विधिले ४ महिनासम्म पनि गर्भ रहेन भने हामीले आइयुआई गर्छौं । जस्तै, कसैको श्रीमान्मा शुक्रकीटको मात्रा कम छ भने त्यस्तो अवस्थामा उनीहरूले शारीरिक सम्बन्ध राख्नुको विकल्पमा हामीले जुन दिन अण्डा फुट्ने सुई दिन्छौँ । त्यसपश्चात् बिरामीको श्रीमान्को शुक्रकीट लिएर वास गरेर राम्रो शुक्रकीट मात्र छानेर पाठेघरमा हालिदिने गर्छौं ।

कतिपय बिरामीलाई यस उपचार विधिले पनि काम नगर्ने हुन्छ । जस्तै, दुईवटा ट्युब ब्लक छ भने बच्चा बस्न सक्दैन । त्यसैगरी, महिलाको पाठेघरमा अण्डा नै छैन भने पनि बच्चा बस्न सक्दैन । शुक्रकीटको मात्रा नै छैन वा एकदमै कम छ भने पनि बच्चा बस्न सक्दैन ।

कतिपय बिरामीलाई आइयुआईले पनि हुँदैन भने कतिपयलाई आइभिएफ नै चाहिने पनि हुन्छ । आइभिएफमा उसको ट्युब ब्लक भएको छ भने सुई दिएर ८ देखि १० वटा अण्डा बनाएर बिरामीलाई बेहोस बनाएर तथा सबै अण्डा निकालेर श्रीमान्को शुक्रकीट लिएर बच्चा बनाएर इन्क्युबेटरमा ३ दिन बढाएर राम्रो बच्चा छानेर पाठेघरमा हाल्ने गरिन्छ । यो आइभिएफ हो । यो टेस्टट्युब बेबी हो । यो प्रविधि बढी सफल छ । यदि कसैमा शुक्रकीटको मात्रा एकदमै कम छ भने इक्सी प्रविधिबाट पनि बच्चा जन्माउन सकिन्छ । टेस्टट्युब बेबी पनि शतप्रतिशत सफल भने हुन्न । यो ४० देखि ५० प्रतिशत मात्रै सफल हुने गर्छ । यदि १० जनाले गरेमा ४–५ जनामा मात्रै सफल हुन्छन्।

डा नूतन शर्मा स्त्रीरोग विशेषज्ञ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

शरीरमा देखिएका यस्ता गम्भीर समस्याको जरादेखि उपचार गर्छ भुटेको लसुनले !

लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ?

तौल बढ्ने चिन्ता लाग्दा पनि राम्रोसंग खान मिल्ने १० खानेकुरा

नेवाः समुदायमा आज सन्ध्याकालमा सिल्लाचःह्रे मनाईदैँ

सिमकोटमा मौलिकता झल्काउँदै चैतलो पर्व

सीमानाकाबाट दैनिक ४० देखि ११० जनासम्म कोरोना सङ्क्रमित बोकेर अस्पत्ताल लैजाने सुरेन्द्रको कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com