काठमाडौं । मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दैछ ।
बैठक आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने तय भएको हो । बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुंग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने हुनेछ । असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको थियो । त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्