ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउनको पहिलो हप्ताबाटै बजेट खर्च गर्न सक्ने गरी व्यवस्था : प्रधानमन्त्री


admin

काठमाडौं २६ असार ।
प्रधानमन्त्री शेर बहादुर देउवाले साउनको पहिलो हप्ताबाटै बजेट खर्च गर्न सक्ने गरी व्यवस्था मिलाइएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले साउन महिनाको पहिलो साताबाटै खर्च गर्न सक्ने गरी व्यवस्था मिलाईएकाले आगामी आर्थिक बर्षमा विकास खर्च नभएर फ्रिज हुने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

उहाले स्थानीय तहमा अर्थमन्त्रालयबाट सोझै बजेट जाने व्यवस्था भएकाले उनीहरुले पनि पहिलो साता देखि नै बजेट खर्च गर्न सक्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्टपतिको कार्यालयका लागि विनियोजित बजेटमाथि सासदहरुले राखेका प्रश्नको सोमबार व्यवस्थापिका संसदमा जवाफ दिदै बजेट खर्च हुने दावी गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले निर्वाचन आचार संहिता लागु भएको विशिष्ट अवस्थामा बजेट ल्याउनुपर्दा पनि सरकारले स्थानीय तहमा बढी बजेट पठाउने, प्रशासनिक पुनर्संरचना गर्ने, बाह्य लगानीलाई आकर्षित गर्ने तथा आर्थिक वृद्धिदरलाई सम्बोधन गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

सांसदहरुले राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि विनियोजित बजेट कटौतिको माग राखेका थिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुजीगत खर्च वृद्धि गर्न नसकेको, निजामति कर्मचारीलाई जनवर्गिय संगठन जसरी परिचालन गरेको, एनसेलको लाभ कर असुरी गर्न नसकेको तथा राष्ट्रिय योजना आयोगले पुनर्निर्माणको कामलाई प्राथमिकतामा नराखेको, मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना ल्याउन नसकेको भन्दै ति कार्यालयका लागि विनियोजित बजेट कटौतिको माग गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com