ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०१७ सँगै समाप्त हुनेछन् प्रविधि जगतका यी ७ चिज


sharan sharan
पुस १५, २०७४ शनिबार   १ : २२   बजे
 

वर्ष सन् २०१७ सकिनै लागेको छ । यो वर्षको समापनसँगै विश्वको प्रविधि जगतमा रहेका केही चिजहरु समेत सकिनेवाला छन् । प्रविधि जगतका केही यस्ता वस्तु तथा सेवाहरु रहेका छन् जुन प्रयोगकर्ताका लागि आगामी वर्ष उपलब्ध हुनेछन् । हेरौँ यो वर्षसँगै समाप्त हुने प्रविधि जगतका ७ चिजहरुः

१. आइपड नानो र आइपड शफल: एप्पलले आफ्नो आइपड शफल तथा आइपड नानो यो वर्ष बन्द गर्यो । दुबैलाई एप्पल स्टोरबाट हटाइएको छ । आइपड शफल सन् २००५ मा लञ्च भएको थियो । सन् २०१८ देखि बजारमा यी दुई ग्याजेट देखिने छैनन् ।

२. विन्डोज फोन: माइक्रोसफ्टले गत जुलाईमा नै अबदेखि विन्डोज फोनको सपोर्ट उपलब्ध नगराउने घोषणा गरेको थियो । कम्पनीका अनुसार अब विन्डोज फोनका लागि कुनैप्नि हार्डवेयर तथा सफ्टवेयर उत्पादन गरिनेछैन ।३. फेसबुक टिकर: फेसबुकले सन् २०११ मा यो फिचर लञ्च गरेको थियो । तर यहीँ वर्ष नै कम्पनीले यसलाई बन्द गरेको छ । यो फिचरले फेसबुक प्रयोगकर्तालाई आफ्ना साथीहरुको क्रियाकलाप ट्रयाक गर्न सहयोग गर्दथ्यो । यो फिचरलाई लिएर प्रयोगकर्ताले गोपनियता भंग भएको पनि उजुरी पनि गरेका थिए ।

४. AOL Instant Messenger, Alto Email: भर्जन कम्युनिकेसन कम्पनीको भ्रातृ कम्पनी ओथले गत अक्टोबर महिनामा आफ्नो मेसेजिङ एप ब्इी बन्द गर्ने घोषणा गर्यो । २० वर्षअघि यो एक ठूलो मेसेजिङ प्लेटफर्म थियो र पछिल्लो समय अस्तित्व नै नामेट भैसकेको थियो । यो सँगै अल्टो इमेल सर्भि पनि बन्द गरिएको छ ।

५Google Spaces:  गुगलले सन् २०१६ मा यसलार्य लचगरेको थियो । तर एक वर्षमै यसलाई बन्द गर्यो । गुगल स्पेसेज पनि एक मेसेजिङ एप थियो तर सानो समूहका लागि । प्रायः व्यवसायिक व्यक्तिहरु यसका प्रयोगकर्ता थिए ।

६.Vertu:  बहूमूल्य मोबाइल फोन उत्पादनका लागि चर्चित कम्पनीको नाम हो भर्चु । यसले हिरा, जवाहरत, रत्न तथा बहुमुल्य धातुको प्रयोग गरी बहुमुल्य फोन बनाउँदथ्यो । कम्पनीका स्मार्टफोनको सिग्नेचर रेन्जको सुरुवात १५ लाख रुपैयाँदेखि सुरु भएर ५५ लाख रुपैयाँसम्म पर्दथ्यो । तर आर्थिक समस्याका कारण कम्पनी बन्द भएको छ ।

७. Groove Music: सुरुवातमा Xbox   म्यूजिकको नामले चिनिएको म्युजिक सर्भिस ग्रुपलाई माइक्रोसफ्टले खरीद गरेको थियो । गुगल तथा एप्पललाई टक्कर दिनका लागि माइक्रोसफ्टले यो किनेपनि सफल हुन सकेन । एक्सबक्स म्युजिकको नाम बदलेर सन् २०१५ मा ग्रुभ म्यूजिक राखियो । तर अन्ततः माइक्रोसफ्टले ३१ डिसेम्बर २०१७ देखि यो सर्भिस सधैको लागि बन्द गर्दैछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group