ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०१७ सँगै समाप्त हुनेछन् प्रविधि जगतका यी ७ चिज


sharan sharan

 

वर्ष सन् २०१७ सकिनै लागेको छ । यो वर्षको समापनसँगै विश्वको प्रविधि जगतमा रहेका केही चिजहरु समेत सकिनेवाला छन् । प्रविधि जगतका केही यस्ता वस्तु तथा सेवाहरु रहेका छन् जुन प्रयोगकर्ताका लागि आगामी वर्ष उपलब्ध हुनेछन् । हेरौँ यो वर्षसँगै समाप्त हुने प्रविधि जगतका ७ चिजहरुः

१. आइपड नानो र आइपड शफल: एप्पलले आफ्नो आइपड शफल तथा आइपड नानो यो वर्ष बन्द गर्यो । दुबैलाई एप्पल स्टोरबाट हटाइएको छ । आइपड शफल सन् २००५ मा लञ्च भएको थियो । सन् २०१८ देखि बजारमा यी दुई ग्याजेट देखिने छैनन् ।

२. विन्डोज फोन: माइक्रोसफ्टले गत जुलाईमा नै अबदेखि विन्डोज फोनको सपोर्ट उपलब्ध नगराउने घोषणा गरेको थियो । कम्पनीका अनुसार अब विन्डोज फोनका लागि कुनैप्नि हार्डवेयर तथा सफ्टवेयर उत्पादन गरिनेछैन ।३. फेसबुक टिकर: फेसबुकले सन् २०११ मा यो फिचर लञ्च गरेको थियो । तर यहीँ वर्ष नै कम्पनीले यसलाई बन्द गरेको छ । यो फिचरले फेसबुक प्रयोगकर्तालाई आफ्ना साथीहरुको क्रियाकलाप ट्रयाक गर्न सहयोग गर्दथ्यो । यो फिचरलाई लिएर प्रयोगकर्ताले गोपनियता भंग भएको पनि उजुरी पनि गरेका थिए ।

४. AOL Instant Messenger, Alto Email: भर्जन कम्युनिकेसन कम्पनीको भ्रातृ कम्पनी ओथले गत अक्टोबर महिनामा आफ्नो मेसेजिङ एप ब्इी बन्द गर्ने घोषणा गर्यो । २० वर्षअघि यो एक ठूलो मेसेजिङ प्लेटफर्म थियो र पछिल्लो समय अस्तित्व नै नामेट भैसकेको थियो । यो सँगै अल्टो इमेल सर्भि पनि बन्द गरिएको छ ।

५Google Spaces:  गुगलले सन् २०१६ मा यसलार्य लचगरेको थियो । तर एक वर्षमै यसलाई बन्द गर्यो । गुगल स्पेसेज पनि एक मेसेजिङ एप थियो तर सानो समूहका लागि । प्रायः व्यवसायिक व्यक्तिहरु यसका प्रयोगकर्ता थिए ।

६.Vertu:  बहूमूल्य मोबाइल फोन उत्पादनका लागि चर्चित कम्पनीको नाम हो भर्चु । यसले हिरा, जवाहरत, रत्न तथा बहुमुल्य धातुको प्रयोग गरी बहुमुल्य फोन बनाउँदथ्यो । कम्पनीका स्मार्टफोनको सिग्नेचर रेन्जको सुरुवात १५ लाख रुपैयाँदेखि सुरु भएर ५५ लाख रुपैयाँसम्म पर्दथ्यो । तर आर्थिक समस्याका कारण कम्पनी बन्द भएको छ ।

७. Groove Music: सुरुवातमा Xbox   म्यूजिकको नामले चिनिएको म्युजिक सर्भिस ग्रुपलाई माइक्रोसफ्टले खरीद गरेको थियो । गुगल तथा एप्पललाई टक्कर दिनका लागि माइक्रोसफ्टले यो किनेपनि सफल हुन सकेन । एक्सबक्स म्युजिकको नाम बदलेर सन् २०१५ मा ग्रुभ म्यूजिक राखियो । तर अन्ततः माइक्रोसफ्टले ३१ डिसेम्बर २०१७ देखि यो सर्भिस सधैको लागि बन्द गर्दैछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

अमेरिका विरोधी नीतिका लागि ब्रिक्स राष्ट्रलाई थप १० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की

एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट श्रीलङ्कामा शुरू

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच आज भेटवार्ता हुँदै

अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्या ७८ पुग्यो

हमाससँग वार्ताका लागि प्रतिनिधि मण्डल कतार पठाउने इजरायलको निर्णय

नेटो प्रमुख भन्छन् : चीनले ताइवान र रुसले नेटोमा एकैपटक आक्रमण गर्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com