ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदै


sharan sharan

पुस १५ – इरानमा सरकारी विरोधी प्रर्शन चर्किँदै गएको छ । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन अहिले देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो ।

मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो । अहिले राजधानी तेहरानसहितका देशका धेरै शहरमा प्रदर्शन भएको छ । तेहरानबाट प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

इरानमा सन् २००९ पछि भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००९ मा विवादित चुनावपछि ठूलो प्रदर्शन भएको थियो । बिहीबार मशहदमा भएको प्रदर्शनको क्रममा प्रहरीले ५२ जनालाई पक्राउ गरेको थियो ।

सरकारले मानिस भेला भएर प्रदर्शन नगर्न भन्दै चेतावनी जारी गरेको थियो । तर सामाजिक सञ्जालमा प्रदर्शनको पक्षमा उभिन आग्रह गरिएको छ । सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा करमनशाह शहरमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको देखिएको छ । इरानमा यस्तो किसिमको सरकार विरोधी प्रदर्शन निकै कम हुने भएकाले सरकार चिन्तामा रहेको बिबिसीले जनाएको छ ।

देशको अर्थ व्यवस्थामा आएको समस्याका कारण राष्ट्रपति हसन रुहानी समस्यामा हुनुहुन्छ । दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरोधमा सुरु भएको आन्दोलनले सरकार विरोधी प्रदर्शनको रुप लिएपछि उहाँ थप समस्यामा पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

टर्किएमा यस वर्ष गुलेन आन्दोलनविरुद्धको कारबाहीमा नौ सय १० जना पक्राउ

रूससँगको सम्बन्धलाई लिएर भारतमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने नेटोको धम्की

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गयो

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् – राष्ट्रपति ट्रम्प

ट्रम्पले जेलेन्स्कीलाई सोधे– हतियार दिएँ भने मस्कोमा हान्न सक्नुहुन्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com