ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाधक नबन्न मुख्यसचिवलार्इ मन्त्रिको चेतावनी


sharan sharan

काठमाडौं १४ पुुस । सरकारका अधिकांश मन्त्रीहरूले मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारको काममा बाधक नबन्न चेतावनी दिएका छन्। झन्डै तीन सातापछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीले सचिवहरूलाई उक्साएर मन्त्रालयका काम रोक्न प्रमुख भूमिका खेलेको भन्दै त्यसो नगर्न ‘सचेत’ गराएका हुन्। उनीहरूले निर्वाचनपछि ठूलो दल बनेको एमालेको कुरा सुनेर रेग्मीले सरकारको काममा अड्चन गरिरहेको आरोपसमेत लगाए।
मंसिर २५ यता मन्त्रिपरिषद् बैठक बस्न नसक्नुको दोष पनि मन्त्रीहरूले मुख्यसचिव रेग्मीमाथि नै थोपरेका थिए। मुख्यसचिव रेग्मीले भने आफूमाथि लगाइएका आरोप निराधार भएको भन्दै बैठकमा प्रतिवाद गरेका थिए। सरकारको निर्णयविरुद्ध आफू जानै नसक्ने भन्दै उनले मन्त्रीहरूलाई भ्रममा नपर्न आग्रह गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बुधबार बिहान ९ः३० मा सिंहदरबारमा बैठक सुरु हुनासाथ अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीमाथि आक्रोश पोखेका थिए।
उनीहरूले सरकारलाई असहयोग गर्ने मुख्यसचिवमाथि कारबाही गर्नसमेत माग गरे। बैठकमा सहभागी महिला बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले मुख्यसचिवबाट असहयोग भएको भन्दै केही मन्त्रीले सामान्य असन्तुष्टि पोखेको बताए। ‘मन्त्रीहरूको केही असन्तुष्टि रहेछ तर मुख्यसचिवज्यूले स्पष्ट पार्नुभएपछि उहाँहरूको गुनासो साम्य भएको छ’, मुख्यसचिव रेग्मीले आफू सरकारप्रति प्रतिबद्ध रहेको र सरकार रहँदासम्म पूर्ण सहयोग गर्ने बताएका थापाले जानकारी दिए ।
बैठकमा मन्त्रीहरूले एक घन्टाभन्दा बढी समय मुख्यसचिवको आलोचनामै खर्चिएका थिए। ‘मुख्यसचिवले मन्त्रालयका सचिवहरूलाई कुनै पनि काम नगर्न उक्साएकाले सचिवले हामीलाई सहयोग गरेनन्, हाम्रा निर्देशन पालना गर्न छोडेका छन्’, मन्त्रीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले मुख्यसचिवले यसरी सचिवलाई उक्साउने काम बन्द गर्नुपर्छ। नगरेमा उनीमाथि कारबाही गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समयमै बिहे गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्नुस् – प्रधानमन्त्री ओली

सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

रसुवामा बाढीले भत्काएको सडक निर्माणमा नेपाली सेना सक्रिय

भारत बाहेकका देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने

लघुवित्तको १५ प्रतिशत बढी लाभांश वितरणको विद्यमान व्यवस्था पुनरवलोकन गरिने

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com