ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनद्वारा पुनः उम्मेदवारी दर्ता


sharan sharan

मस्को \ रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले बिहीबार फेरि उम्मेदवारी दर्ता गरेका छन्।
आउदो वर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धाका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका छन्।
उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातिप्राप्त व्यक्ति र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको छ। पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहदानी र आवश्यक पर्ने कागजातसमेत बुझाए।
रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि धेरै समय शासन गर्ने पुटिन नै हुन्। लामो समय रसियाको सत्ताको नेतृत्व गरेका ६५ वर्षीय पुटिनले अहिलेको निर्वाचनमा पनि विजयी भए आफ्नो कार्यकाल २०२४ सम्म लम्ब्याउनेछन्।
यसपटक पनि ख्यातिप्राप्त व्यक्ति, राजनीतिज्ञ र खेल क्षेत्रका अगुवाहरु गरी झन्डै ६ सय जनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाँउमा भेला भएर समर्थन जनाएका थिए।
यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए। उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर गरिएको निर्णयको संज्ञा दिएका छन्।एएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

इराकको अल-कुटस्थित सपिङ मलमा भीषण आगलागी, कम्तीमा ६० जनाको मृत्यु

बेलायतमा तीन व्यक्तिको डीएनए प्रयोग गरेर जन्मिएका शिशु वंशाणुगत रोगमुक्त – अध्ययन

बंगलादेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर ४ जनाको मृत्यु, ९ घाइते

नेपालीहरूलाई नेपालमै बस्न सक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छौँ- अमेरिका

साना देशहरूमा अमेरिकाको नयाँ भन्सार नीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com