ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाटी एकता हुदै अध्यक्ष प्रचण्ड भए महासचिव को ?


sharan sharan

 काठमाडौं, १३ पुस । एमाले–माओवादीका कार्यकर्ताले चुनाव सकिएको एक हप्ताभित्र पार्टी एकिकरण हुन्छ भन्ने विश्वास गरेका थिए । करिब एक महिना पुग्नै लाग्दा पनि पार्टी एकताको बारेमा आधिकारिक तथ्य बाहिरएको छैन् । गत मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनले एमाले–माओवादी गठबन्धनलाई वहुमत प्राप्त भएको छ । जनताले एमाले–माओवादीको बिचार र घोषणापत्रको आधारमा बहुमत दिएका होईन भन्दा अन्यथा हुँदैन । 

बुधबार बालकोटमा अध्यक्षद्धयको भेटले तीनवटा निर्णय बाहिर ल्याएको छ । नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रिय सभाको गठन प्रक्रियालाई टुंगोमा पुर्याउने । नयाँ बन्ने सरकार र पार्टीको पद र जिम्मेवारी आलोपालोमा केन्द्रित भएको छ । पार्टी एकता पछि पनि किन आलोपालो भन्ने प्रश्न जता ततै उठ्न थालेको स्थिति छ । पाँच वर्षे स्थिर सरकार र पार्टी एकताको लागि भोट दिएका नेता कार्यकर्ता र जनताले एकताबाट पछि हट्न दिने अवस्था छैन् । यसैको आधारमा पनि नेताहरुको व्यवस्थापनमा पार्टी एकता फसेको देखिन्छ ।

नयाँ बन्ने सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली हुने पक्का छ । पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्भावना छ ।
पार्टी अध्यक्ष पछिको शक्तिशाली पद महासचिव मानिन्छ । एमाले–माओवादीबीचको एकता पछिको महासचिव को बन्ला भन्ने चर्चा सामान्य रुपमा उठेपनि यस विषयले ठुलो स्थान पाउन सकेको छैन् ।
एक सुत्रका अनुसार पार्टी एकता पछिको महासचिव एमाले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलमध्ये एकजना हुनेछन् । वरियता, पार्टीभित्र र बाहिर प्रभावशाली नेताको रुपमा कहलिएका रावलको सम्भावना बढेको देखिन्छ । रावल पटक–पटक मन्त्री भईसकेका छन् । ईश्वर पोखरेललाई गृहबाहेक उप(प्रधानमन्त्री सहित जुनसुकै मन्त्रालय दिने एमालेभित्र वहस सुरु भएको छ ।
किनकी एमालेभित्रको एउटा गुटको नेतृत्व गर्ने एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने र अर्को गुटका भीम रावल पार्टी महासचिव हुने गृहकार्यमा जुटेको बुझिएको स्रोतको दावी छ । सरकारको नेतृत्वलाई भागवण्डाको आधारमा हेर्ने हो भने ओली प्रधानमन्त्री भए माओवादीले गृहमन्त्रालयको जिम्मेवारी पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com