ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पदयात्रा तथा पर्यटन उद्योगलाई जोगाउन माग


एबीसी / संवाददाता

गण्डकी, १४ जेठ :
 टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई जोगाउन माग गरेको छ ।
सङ्घका तर्फबाट अध्यक्ष सुशीलराज पौडेलले आज एक विज्ञप्ति जारी गरी कोरोनाबाट पर्यटन उद्योग सबैभन्दा प्रभावित भएको भन्दै ‘पर्यटन सङ्कट वर्ष’ घोषणा गरी पदयात्रा तथा पर्यटन उद्योगका लागि आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत कोभिड विशेष पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको छ ।
कोरोनाको पहिलो लहरका कारण गत वर्षदेखि नै पर्यटन क्षेत्र ठप्प रहेका अवस्थामा दोस्रो लहरले अझै चुनौतीपूर्ण बनाएको र विगत १५ महिनाभन्दा बढीको व्यावसायिक शून्यताले कतिपय व्यवसायी पलायनसमेत भइसकेको जनाउँदै विज्ञप्तिमा महामारीका कारण पर्यटन उद्योगमा चुनौतीपूर्ण बनेको उल्लेख छ । नेपालको पर्यटनको मेरुदण्डका रुपमा रहेको पदयात्रा पर्यटन नै धराशायी हुने खतरा रहेको र त्योसँगै  आश्रित दक्ष जनशक्ति पलायन हुँदै गइरहेको विज्ञप्तिमा भनिएको छ ।
पदयात्रा क्षेत्रमा लागेका र अग्रपङ्क्तिमा रहेका मजदूर एवम् व्यवसायी पर्यटकसँग प्रत्यक्षरुपमा सम्पर्कमा रहने र विभिन्न ग्रामीण क्षेत्रमा निरन्तर पुग्नुपर्ने हुँदा कोरोनाको खोप यथाशीघ्र उपलब्ध गराई पर्यटनकर्मीको जीवन रक्षा गरिदिन सङ्घले अनुरोध गरेको छ । सरकारको घोषित व्यवसायी पुनर्जीवन नीतिमा सबै व्यवसायीको सहज पहँुच पुग्ने गरी यथाशक्य कार्यान्वयन गर्नुपर्ने भन्दै विज्ञप्तिमा कोरोनाका कारण व्यवसायीको अर्बौं रुपैयाँको लगानी डुब्ने खतराका साथै लाखौँको सङ्ख्यामा रहेका मजदूर बेरोजगार हुने अवस्था रहेको उल्लेख गरिएको छ ।
व्यवसायीलाई राहतस्वरुप गण्डकी प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षा कोषको घोषणा भए पनि यसबाट अति प्रभावित पदयात्रा व्यवसायीले लाभ लिन नसकेको भन्दै विज्ञप्तिमा व्यावसायिक कर्जा भुक्तानीमा पुनर्तालिकीकरण, सहुलियत ब्याजदरमा कर्जा प्रवाह, मजदूरका लागी सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने माग गरिएको छ ।
पर्यटनको पनि अति प्रभावित उद्योगको वर्गमा परेको ट्रेकिङ उद्योगलाई संरक्षित गर्न आवश्यक रहेकाले एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्दै विभिन्न शीर्षकमा लिइने करलाई विशेष व्यवस्था तर्जुमा गरी पर्यटन पुनरुउत्थान नीतिअन्तर्गत तीन वर्षसम्म कुनै विशेष मानङ्कका आधारमा कर छुट वर्षको व्यवस्था गर्नुपर्नेमा सङ्घले जोड दिएको छ ।
कम्तीमा एक वर्षका लागि विभिन्न टे«किङ शीर्षकका कर, सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारबाट लिइने विभिन्न शीर्षकका प्रत्यक्ष कर, अतिरिक्त शुल्क तथा जरिवाना शत्प्रतिशत मिनाह गर्नुपर्ने भन्दै विज्ञप्तिमा यस क्षेत्रमा रहेका कम्पनीहरुको नवीकरण (स्वतः खारेजी भएका तथा कोभिडका कारण खारेजीमा परेका समेत) को समयावधि आगामी २०७९ साल असार मसान्तसम्मका लागि समय कायम गर्नुपर्ने र पर्यटन व्यवसायमा लाग्ने सम्पूर्ण कर कम्तीमा तीन वर्षका लागि छुट हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
मौद्रिक नीतिमा रहेको झन्झटिलो व्यवस्थाले मध्यम तथा निम्नमध्यम व्यवसायी उक्त सुविधाबाट वञ्चित हुन पुगेकाले पर्यटन क्षेत्रमा बैंकहरूबाट प्रवाह भएको सम्पूर्ण कर्जालाई सहुलियत तीन प्रतिशत राहत प्याकेज ब्याजदरअन्तर्गत पुनर्तालिकीकरण गरी व्यवसाय सहज भएपछि मात्र किस्ता भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने र विशेष आर्थिक वर्ष घोषणा गर्नुपर्ने सङ्घले माग गरेको छ ।
खाद्यान्न सामाग्री वितरण
तनहँुको शुक्लागण्डकी नगरपालिका–८ स्थित  मुस्ताङ क्याम्प र तिब्बेतियन क्याम्पमा रहेका १५८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै देशभर जारी निषेधाज्ञामा क्याम्पमा आश्रित रहेकालाई खाद्यान्नको अभाव नहोस् भन्ने उद्देश्यका साथ पेमा छाल गुम्बाको आयोजना र जोस्लिन व्लुमेन्थल अमेरिकाको सहयोगमा खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले पेमा छाल गुम्बाको आयोजनामा दुईवटै क्याम्पमा आश्रितलाई दृष्टिगत गरी अमेरिकन संस्था जोस्लिन व्लुमेन्थलको सहयोगमा खाद्यान्न सामग्री वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
गुम्बाले अघिल्लो वर्ष पनि कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्थामा समेत आर्थिक तथा खाद्यान्न सामग्री सहयोग गरेकामा सामाजिक कामको प्रशंसा गर्दै उहाँले आफ्नो तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तिब्बेतियन क्याम्प शुक्लागण्डकीका प्रमुख टासीले पेमा छाल गुम्बा याम्दी र अमेरिकन संस्था जोस्लिन व्लुमेन्थलले आफूहरूको क्याम्पमा महामारीको समयमा खाद्यान्न अभावलाई दृष्टिगत गरी सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
कोभिड महामारीका कारण घरभित्रै बस्नुपर्ने बाध्यात्मक अवस्थामा स्वदेश एवम् विदेशमा रहेर गुम्बा र अमेरिकन संस्थाको सहयोगले आफूहरूले खाद्यान्न अभावबाट वञ्चित हुनुपर्ने स्थिति नआउने उहाँको भनाइ छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com