ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोक्सीको आरोपमा महिला हिंसा


sharan sharan
पुस १०, २०७४ सोमबार  ७ : ०७ बजे

रौतहट,१० पुस । रौतहटको राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीले लौराले प्रहार गर्दा उनको पिँठ्युभरी नीलडाम र टाउकामा गम्भीर चोट लागेको छ ।

घाइतेका श्रीमान् शेख रइद्दिनले छिमेकी नेसाकी बुहारी र मोहिवकी छोरी केही समयदेखि बिरामी रहँदै आएको र उनीहरूलाई गाउँकै झाँक्री बताउने शेख मजारुले जैतुनले जादुटुना गरी भूतप्रेत लगाएको बताएपछि उनीहरुले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको बताए ।

उनका अनुसार कुटपिटपछि उनीहरु आफ्नी श्रीमतीलाई मलमूत्रसमेत खुवाउन खोज्दा गाउँका अन्य व्यक्ति आएपछि भागेका थिए ।

श्रीमतीलाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिने तयारी भइरहेको रइद्दिनले जानकारी दिए । प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पीडित पक्ष अहिलेसम्म उजुरी दिन नआए पनि सञ्चारमाध्यममा आएको समाचारका आधारमा पीडकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com