काठमाडौं, २७ बैशाख । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।
लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।
यस्तो छ रेग्मीको जीवनी
कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हाल उहाँ काठमाडौंको अनामनगरमा बसोबास गर्नुहुन्छ । रेग्मी लोक सेवा आयोगको पूर्वसचिव हुन् । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गर्नुभएको थियो । रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गनुर््भएका उहाँ सोही वर्ष स्थायी खरदार बन्नुभएको थियो । सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगाल्दै उहाँ २०६८ साल साउन ११ गते सचिव बन्नुभएको थियो । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उहाा ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड हुनुभएको थियो । रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुनुहन्छ। त्यस्तै रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभाग ९गुप्तचर० का पूर्व प्रमुख दिलीप रेग्मी र सर्वेन्द्र खनाल लाई लैजाने निर्णय गरेको छ । त्यस्तै, निर्वाचन आयोगमा पूर्व सचिव वीरबहादुर राईलाई नियुक्तिको निर्णय गरेको स्रोतले बताएको छ । निर्वाचन आयोगमा सदस्यमा विर बहादुर राईलाई सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्